काठमाडौँ - नेपालमा सर्वाधिक सुनिने सांगीतिक समूहमा पर्छ, नेपथ्य । नेपालमा मात्र हैन यो सांगीतिक समुहको विदेशमा रहेका नेपालीमाझ पनि उत्तिकै क्रेज रहेको छ। यहि विश्वव्यापी क्रेज बनाउन सफल नेपथ्य छैटौं पटक अमेरिकामा गुञ्जने भएको छ। ब्याण्डले आफ्नो यात्राका क्रममा अमेरिकाको सात वटा फरक फरक शहरका सांगीतिक प्रस्तुति दिनेछ। ‘डीजे मोमो इन्टरटेनमेन्ट’ ले संयोजन गरेको कार्यक्रमका लागी आगामी साता नेपथ्य अमेरिका उड्नेछ।
नेपथ्यले अगस्त ३ तारिखका दिन कोलोराडोको राजधानी डेनभरमा पहिलो सांगीतिक कार्यक्रम गर्नेछ । डेनभरको ‘बोल्डर थिएटर’ मा नेपथ्यले यस वर्षको अमेरिका यात्राकै पहिलो प्रस्तुती दिनेछ ।
दोस्रो प्रस्तुति सान फ्रान्सिस्कोस्थित ‘वारफिल्ड थिएटर’मा अगस्त १० तारिखका दिन आयोजना हुनेछ । ८ वर्षअघि नेपथ्यले आफ्नो सांगीतिक प्रस्तुति यहि हलमा दिएको थियो ।
ओहायोको कोलम्बसस्थित ‘केम्बा लाइभ कन्सर्ट भेन्यू’ मा नेपथ्यले अगस्त १७ तारिखका दिन तेस्रो सांगीतिक प्रस्तुति दिनेछ । यो शहरमा पनि नेपथ्य पहिलोपटक गुन्जिदैछ ।
चौथो कन्सर्ट टेक्सास राज्यमा रहेको छ। अगस्त २४ तारिखमा नेपथ्य टेक्सासमा गुञ्जनेछ । न्यूयोर्कको म्यानहटनको ‘टर्मिनल फाइभ’ मा अगस्त ३० तारिखमा नेपथ्य साँझ आयोजना हुनेछ ।
न्यूयोर्कपछि सेप्टेम्बर १ मा मेरिल्याण्ड राज्यमा नेपथ्यले सांगीतिक प्रस्तुति दिनेछ । ब्याण्डले त्यहाँ लाइभ क्यासिनो होटल मेरिल्याण्डस्थित (द हल एट लाइभ) मा सांगीतिक प्रस्तुति दिनेछ ।
नेपथ्यको अन्तिम कन्सर्ट पेन्सिलभानियाको ह्यारिसबर्ग शहरमा हुनेछ ‘द फोरम अडिटोरियम’ मा सेप्टेम्बर ७ मा कन्सर्ट आयोजना हुनेछ । नेपथ्यले सन् २००४ मा फिनिक्स र वासिङटन डीसीमा पहिलो पटक अमेरिका यात्रा गरेको थियो ।
कोलम्बसलाई बिशेष बनाउने तयारी
पहिलोपटक कोलम्बसमा गुञ्जिन लागेको नेपथ्यलाई त्यहाको आयोजकले ब्याण्डको अमेरिका यात्राकै बिशेष बनाउने तयारी गरिरहेको छ। ओहायो र यसका शहरमा नेपाली भाषीको ठुलो बसोबास रहेको छ। सोहि कारण पनि कोलम्बस कन्सर्ट बिशेष हुने अपेक्षा गरिएको छ। सेभेन मिनेटस इन्टरटेन्मेन्ट र हिमालयन भाइब्सको संयुक्त प्रस्तुतीमा कोलम्बसमा कार्यक्रमको आयोजना हुन् लागेको हो।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- बाढीग्रस्त क्षेत्रमा शिव शक्ति बाबाको राहत वितरण
- मुक्तिनाथ विकास बैंक र यातायात व्यवसायी महासंघबीच सम्झौता, व्यवसायीलाई सहुलियत ब्याजदरमा कर्जा
- भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार १२७ पुग्यो, ४ हजार ८५८ अझै सम्पर्कविहीन
- रसुवा बाढी प्रभावित क्षेत्रमा अपराह्नपछि मध्यम वर्षाको सम्भावना
- प्रतिनिधिसभा बैठक आज, भोटेकोशी बाढीबारे विशेष प्रस्ताव प्रस्तुत हुने
- बाढी प्रभावित क्षेत्रमा महामारीको जोखिम, उच्च सतर्कता अपनाउन स्वास्थ्यविज्ञको आग्रह
- भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १ हजार ३ पुग्यो
- नेशनल लाइफ इन्स्योरेन्सद्वारा विपद् उद्धार कोषमा १ करोड ५१ लाख सहयोग


ट्रेन्डिङ
खबरमुकाम






