काठमाडौँ । गत आर्थिक वर्ष २०८०/०८१ मा एक लाख १२ हजार भन्दा बढी विद्यार्थीले एनओसी लिएका छन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गतको वैदेशिक अध्ययन अनुमतिपत्र (एनओसी) शाखाको तथ्याङ्क अनुसार एक वर्षमा एक लाख १२ हजार ५९३ जनाले एनओसी लिएका हुन् ।
२०८० साउन १ गतेदेखि २०८१ असार ३१ गतेसम्म उक्त सङ्ख्यामा एनओसी जारी भएको हो । नेपालीहरूले विभिन्न ६६ देशमा अध्ययन गर्न जान एक लाख १२ हजार ५९३ जनाले एनओसी लिएका छन् भने ९४ विषय अध्ययनका लागि अनुमति लिएका छन् । नयाँ एनओसी जारी गर्दा पुरानो एनओसी पत्र रद्द हुने भएकाले देशगत र विषयगत तथ्याङ्क फरक पर्न गएको एनओसी शाखाले जनाएको छ ।
त्यसरी अध्ययनका लागि सबैभन्दा बढी जापान गएका छन् । जापानका लागि ३४ हजार ७३१ विद्यार्थीले एनओसी लिएका छन् । त्यस्तै दोस्रोमा क्यानडाका लागि रहेका छन् । क्यानडाका लागि १५ हजार ९८२ जनाले एनओसी लिएका छन् ।
त्यस्तै अस्ट्रेलियाका लागि १४,३७२, युकेका लागि १३,३३९, अमेरिकाका लागि ११,२६१ जना, कोरियाका लागि ६,८८९ जनाले एनओसी लिएका छन् । सबैभन्दा बढी जापानिज भाषा पढ्नका लागि एनओसी लिएका छन् । जसमा ३३ हजार ६९७ एनओसी जारी भएका छन् । त्यस्तै म्यानेजमेन्टका लागि २८,८९१, बिजनेसका लागि १०,०२९, हेल्थ पढ्नका लागि ४,१५९, साइन्स एन्ड टेक्नोलोजी पढ्न ४१०२ एनओसी जारी भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- हिमालयन एभरेस्ट इन्स्योरेन्स बन्यो दोस्रो नेपाल इन्स्योरेन्स फुटसल कपको च्याम्पियन
- एभरेस्ट बैंकको धनगढीमा नयाँ भवनसहित १३४औँ शाखा सञ्चालन
- हुथी विद्रोहीको सैन्य अभियान तीव्र, बाब अल–मन्देब क्षेत्रमा बढ्यो तनाव
- त्रिपुरेश्वर बस आगलागीमा घाइते चालकको मृत्यु, घटनाको छानबिन गर्न समिति गठन
- प्रतिनिधिसभा बैठक आज, चार संसदीय समितिमा पनि छलफल
- पहिलो विदेश यात्रामा प्रधानमन्त्री शाह, संयुक्त राष्ट्रसङ्घको महासभामा सम्बोधन गर्दै
- नाडाद्वारा बाढीपीडितका लागि राहत सामग्री वितरण, उद्धार कोषमा १० लाख सहयोग
- रुकुम पश्चिममा २१ मेगावाटको जल्दीगाड जलविद्युत आयोजना निर्माण हुने


ट्रेन्डिङ
खबरमुकाम







