काठमाडौं । वाणिज्य बैंकहरुले ब्याजदर थप घटाएका छन् । बैंकहरुले आगामी आर्थिक वर्ष २०८१/८२ को पहिलो महिना (साउन) का लागि नयाँ ब्याजदर प्रकाशन गरेका छन् । असार महिनाको तुलनामा बैंकहरुको ब्याजदर घटेको छ ।
साउन महिनाका लागि बैंकहरुले व्यक्तिगत मुद्दति निक्षेप तर्फ औसतमा शून्य दशमलव १४९९ प्रतिशत र संस्थागत तर्फ शून्य दशमलव १९२ प्रतिशत बिन्दुले ब्याजदर घटाएका हुन् । योसँगै बैंकहरुको औसत ब्याजदर ६.७३ प्रतिशत कायम भएको छ। असार महिनामा भने ६.८७ प्रतिशत रहेको थियो ।
साउन महिनाका लागि १३ वटा बैंकले ब्याजदर घटाएका छन् । यस्तै, ५ वटाले भने असार मसान्तकै ब्याजदरलाई निरन्तरता दिएका छन् । यता, २ बैंकले भने बढाएका छन् । साउन महिनाका लागि कृषि विकास बैंकले शून्य दशमलव ६३२४ प्रतिशत र एभरेष्ट बैंकले शून्य दशमलव ५५ प्रतिशत बिन्दुले ब्याजदर बढाएका छन् । साउनका लागि कृषिको औसत ब्याजदर ६.२९८५ प्रतिशत र एभरेष्टको ६.३ प्रतिशत कायम भएको छ।
यस्तै, लक्ष्मी सनराइज बैंक, नबिल, नेपाल इन्भेष्टमेन्ट मेगा, नेपाल एसबिआई र स्ट्याण्डर्ड चार्टर्ड बैंकले ब्याजदर यथावत राखेका छन् । साउनका लागि पनि यी बैंकहरुको औसत ब्याजदर क्रमशः ६.५ प्रतिशत, ७ प्रतिशत, ७ प्रतिशत, ६.३ प्रतिशत, ७ प्रतिशत रहेको छ ।
यी बाहेकका १३ वटा बैंकहरुले भने ब्याजदर घटाएका छन् । साउन महिनाका लागि सिटिजन बैंकको ब्याजदर ०.४ प्रतिशत घटेर ६.५ प्रतिशत कायम भएको छ । यस्तै, ग्लोबल आइएमईले ०.२५ प्रतिशत, हिमालयनले ०.७५ प्रतिशत, कुमारी ०.०५, माछापुच्छ्रे ०.५ प्रतिशत बिन्दुले घटाएका छन् । यस्तै, एनआईसी एशिया र एनएमबिले पनि ०.१६ प्रतिशत बिन्दुले घटाएका छन् ।
यता, प्रभु बैंकले पनि ०.५ प्रतिशत, प्राइम कमर्सियल बैंकले ०.२५, राष्ट्रिय वाणिज्यले ०.०१, सानिमाले ०.४, सिद्धार्थले ०.२५ प्रतिशत बिन्दुले घटाएका हुन् ।
कुन बैंकमा पैसा राख्दा कति पाइन्छ ब्याज ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- इन्टर्न चिकित्सकको स्टाइपेन्ड माग्दै डिल्ली हरिजन आमरण अनशनमा
- ग्यास नपाएर नागरिकलाई हैरानी, कारबाहीको चेतावनी दिएर पन्छिदै सरकार
- स्वपहिचानका आधारमा लैङ्गिक पहिचान परिवर्तनसम्बन्धी विवादास्पद आदेश पुनरावलोकनका लागि सर्वोच्चको अनुमति
- जुलाईमा नेपाल भित्रिए ७१ हजार ७७५ विदेशी पर्यटक, कुन देशबाट कति आए ?
- सगरमाथा लुम्बिनी इन्स्योरेन्सद्वारा नेत्रहिन महिला संघलाई शैक्षिक सामाग्री हस्तान्तरण
- सांग्रिला डेभलपमेन्ट वैंकका ग्राहक र कर्मचारीले ट्रांक्यूलिटि स्पामा छुट पाउने
- भ्रामक र आधारहीन समाचारप्रति प्रभु बैंकको आपत्ति
- नबिल बैंकले एजुकेशन हबमार्फत शैक्षिक कर्जा, वित्तीय परामर्श र बैंकिङ सहायता उपलब्ध गराउने

ट्रेन्डिङ
खबरमुकाम







