बौद्ध धर्मावलम्बीहरूको धार्मिक आस्थाको केन्द्र जामाचो गुम्बा

काठमाडौं उपत्यकाबाट नजिक रहेको जामाचो गुम्बा शिवपुरी नागर्जुन राष्ट्रिय निकुन्जमा पर्दछ ।   काठमाडौं–बालाजु बाइपासबाट करिब १.५ कि.मि. उत्तरतर्फ त्रिशूली राजमार्गको फूलबारी गेटबाट ४.३७१ कि.मी. ठाडो उकालोको यात्रापछि धार्मिक र पर्यटकीय स्थान जामाचो पुग्न सकिन्छ । जुन शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जभित्रको संरक्षित क्षेत्र हो ।

ककनी जाने त्रिशूली राजर्मागको फूलबारी गेटमा नेपाली सेनाको निकुन्ज प्रवेश काउन्टर रहेको छ । प्रतिव्यक्ति  रु १०० रुपैयाँको टिकट काटेर दायाँ उकालो लाग्दा पूर्वराजा ज्ञानेन्द्र शाहको नागार्जुन निवास छेउ हुँदै जामाचो डाँडा पुगिन्छ । त्यहाँ जाँदा नागरिकता वा ड्राइभिङ लाइसेन्स जस्ता फोटोसहितको परिचय पत्र आवश्यक पर्दछ ।

शनिबारे बिदामा घुमघामको एउटा राम्रो गन्तव्य बनेको जामाचो समुद्री सतहबाट २१३० मिटर उचाईमा रहेको छ ।  यहाको मुख्य आकर्षण भनेको नै दृष्यावलोकन र जामाचो गुम्बा हो । घना जंगलको बीचमा रहेको यो गुम्बा स्वयम्भू पुराणअनुसार ९१ कल्प अघि काठमाडौं उपत्यका ठूलो ताल–नागदहको रूपमा रहँदा सप्तबुद्धमध्येको पहिलो रूप विपस्वीले जातमात्रा पर्वत वा नेवारीमा जामाचो (नागार्जुन) चुचुरोबाट कमलको बिज विशाल तालमा प्रक्षेपण गर्दा स्वयम्भू उत्पति भएको किंवदन्ती पाइन्छ ।
 

जामाचो हाइकिङमा वन र वन्यजन्तुलाई हानी गर्ने खालका सामान, उपकरण लैजान पाइन्न । जस्तो– साउण्ड सिस्टम, लाइटर, सलाई, चक्कु आदि । होहल्ला पनि गर्न पाइँदैन । तयारी खाना, पानी, जुस र ट्रेकिङस्टिक भने मजाले लैजान पाइन्छ ।यसर्थमा जामाचो वा नागार्जुन बौद्ध धर्मावलम्बीहरूको लागि धार्मिक आस्थाको केन्द्र बनेको जामाचो गुम्बासँगै भ्युटावर छ । आकास खुलेको दिन यहाँबाट काठमाडौं सहरसँगै उत्तरतिरका अन्नपूर्ण, मनास्लु, गणेश, लाङटाङ, दोर्जेलाक्पा हिम शृङ्खला पनि देख्न सकिने भएकाले पर्यटकीय दृष्टिकोणबाट महत्वपूर्ण गन्तव्य मानिन्छ । 

यहाँ हरेक वैशाख पूर्णिमाका दिन ठूलो मेला लाग्ने र दर्शनार्थीहरूको घुइँचो लाग्ने गर्दछ । जामाचो निकुन्जको संरक्षणमा रहेको हँुदा अन्य पदमार्गको तुलनामा सफा, व्यवस्थित र सुरक्षित पनि छ ।

निकुन्जभित्र व्यापार हुँदैन, फोहोर पनि गर्न पाइन्न । त्यसैले जामाचो चढ्दा पानी र ड्राइफुड बोक्नुस्, फाल्नुपर्ने बस्तु फोहोर फाल्न राखिएका भाडामै फाल्नुहोस् । रुट छाडेर दायाँबायाँ लाग्नुभयो भने घना जंगल र भीरमा हराउने सम्भावना हुन्छ । केही अगाडिसम्म शिवपुरी–नागार्जुन राष्ट्रिय निकुन्जले नेचर गाइड अनिवार्य गरेको थियो, जुन अहिले हटाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै