
चितवन। सङ्घीय सरकारले जिल्लाका लागि विनियोजन गरेको पुँजीगत रकममध्ये ७३ दशमलव ८२ प्रतिशत खर्च भएको छ । जिल्लाको भौतिक पूर्वाधारका लागि विनियोजन गरिएको रकममध्ये चार अर्ब ४१ करोड ६९ लाख ५३ हजार छ सय २४ खर्च भएको हो ।
सङ्घबाट पुँजीगत खर्चका लागि पाँच अर्ब ९८ करोड ३२ लाख ३५ हजार सात सय ८० विनियोजन भएकामा ७३ दशमलव ८२ प्रतिशत खर्च भएको जिल्लास्थित कोष तथा लेखा नियन्त्रण कार्यालयका प्रमुख एकनारायण शर्माले जानकारी दिए । उनका अनुसार सङ्घीय सरकारले विनियोजन गरेको चालुतर्फ ९१ दशमलव ६४ प्रतिशत खर्च भएको छ ।
चालु खर्चका लागि विनियोजित रकम १२ अर्ब ९० करोड ३२ लाख ९८ हजार तीन सय १३ मध्ये ११ अर्ब ८२ करोड ३६ लाख ६० हजार ३० खर्च भएको शर्माले बताए । उनका अनुसार जिल्लामा सङ्घीय सरकारबाट प्राप्त १८ खर्ब ८८ करोड ५६ लाख ३४ हजार ९३ मध्ये १६ अर्ब २४ करोड छ लाख १३ हजार छ सय ५४ खर्च भएको छ । विनियोजित कुल बजेटको ८५ दशमलव ९९ प्रतिशत खर्च भएको उनले जानकारी दिए ।
प्रदेश सरकारबाट प्राप्त बजेटमध्ये ७३ दशमलव ६५ प्रतिशत मात्र खर्च भएको छ । लेखा नियन्त्रण कार्यालयका प्रमुख शर्माका अनुसार प्रदेश सरकारबाट प्राप्त चालु खर्चतर्फको ७८ दशमलव ३६ प्रतिशत र पूँजीगततर्फ ७५ दशमलव ८३ प्रतिशत खर्च भएको छ । प्रदेश सरकारले चालुतर्फ एक अर्ब ६१ करोड ९४ लाख ३० हजार चार सय ८७ विनियोजन गरेको थियो ।
पुँजीगततर्फ तीन अर्ब ३६ करोड १९ लाख २८ हजार विनियोजन भएकामा दुई अर्ब ४५ करोड ९२ लाख ३१ हजार सात सय १० खर्च भएको शर्माले जानकारी दिए । जिल्लामा प्रदेशबाट चार अर्ब ९८ करोड १३ लाख ५८ हजार चार सय ८७ विनियोजित भएकामा तीन अर्ब ८१ करोड ८१ लाख ६९ हजार छ सय २५ खर्च भएको छ । जिल्लाको समग्र विकासका कार्यले केही गति लिएकाले गत आर्थिक वर्षको तुलनामा चालु आवमा पुँजीगततर्फको खर्च बढेको उनले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- सन नेपाल लाइफ इन्स्योरेन्स तीन अन्तर्राष्ट्रिय पुरस्कारबाट सम्मानित
- जिन्दगी बुझाउने पुस्तक ‘क्रान्तिका अग्रदुत युगकवि सिद्धिचरण’
- जनकपुर साहित्य महोत्सवमा मधेशको राजनीति र सामाजिक संरचनाबारे गहन मन्थन
- भारतीय पर्यटक आकर्षणका लागि रणनीतिक पहल आवश्यक छः मुख्यमन्त्री सिंह
- ज्योति विकास बैंकको स्वतन्त्र सञ्चालकमा रेशम राज रेग्मी नियुत्त
- यसपालीको बजेट कसैको दबाबमा होइन, नागरिकको राय र सुझावमा बन्नेछ : मन्त्री यादव
- सन नेपाल लाइफद्वारा समता फाउण्डेसनलाई सहयोग
- सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सको बिजनेस रिभीउ मीटीङ्ग सम्पन्न