काठमाडौं । कास्की, पोखरा महानगरपालिका-१७ पावरहाउस फुस्रेखोलामा डुबेर सोही महानगरपालिका-८ सृजनाचोक बस्ने पर्वत मोदी गाउँपालिका-९ तिलाहर घर भएका २० वर्षीय रोशन केसीको बिहीबार दिउँसो मृत्यु भएको छ ।
पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएको भन्ने खबर प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय बैदाम र गण्डकी प्रदेश प्रहरी गण पोखराबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा शव फेला परेको हो ।
जुम्ला, तातोपानी गाउँपालिका-२ तातोपानीस्थित तिला नदीमा डुबेर सोही गाउँपालिका-२ डाँगीबाडा बस्ने १८ वर्षीय कबिराज डाँगीको बिहीबार दिउँसो मृत्यु भएको छ । नुहाउने क्रममा डुबेर अशक्त भएका उनको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा उपचारको क्रममा मृत्यु भएको हो ।
कञ्चनपुर, बेदकोट नगरपालिका-७ काङ्ला पुलस्थित खोलामा डुबेर सोही नगरपालिका-७ महुलिया शिवशक्ति टोल बस्ने ४३ वर्षीय दिल बहादुर रैकालको बिहीबार राति मृत्यु भएको छ ।
अर्घाखाँची, शितगङ्गा नगरपालिका-६ सानो ढुङग्रे बस्ने २८ वर्षीय कुल बहादुर गाहामगरको प्युठान र अर्घाखाँचीको सिमानामा पर्ने बंशारी झिमरुक खोलामा डुबेर बिहीबार दिउँसो मृत्यु भएको छ ।
माछा मार्ने क्रममा डुबेर अशक्त भएका उनको प्राथमिक स्वास्थ्य केन्द्र ठाडामा उपचारको क्रममा मृत्यु भएको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- बागलुङमा बाढीपहिरोमा मृत्यु हुनेको सङ्ख्या १२ पुग्यो, एक बेपत्ता
- बागलुङमा पहिरोमा परी १० जनाको मृत्यु, एक बेपत्ता
- गाउँबाट धामसम्मको यात्राः जगतगुरु शिवशक्ति बाबाले बदलेको जातेको धार्मिक पहिचान
- नारायणी र रिउ खोलामा जलसतह खतराभन्दा माथि, तटीय क्षेत्रमा उच्च जोखिम
- पाल्पामा पहिरोमा परी दुई जनाको मृत्यु, तीन बेपत्ता
- आजदेखि सुरु भयो सोह्र श्राद्ध, पितृ पक्षमा गरिन्छ तर्पण र पिण्डदान
- पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पक्राउ
- हिमालयन एभरेस्ट इन्स्योरेन्स बन्यो दोस्रो नेपाल इन्स्योरेन्स फुटसल कपको च्याम्पियन



ट्रेन्डिङ
खबरमुकाम





