आमा बुबाको लागि आफ्ना सन्तान प्राण भन्दा पनि प्यारो हुन्छ । सन्ततिको सुनौलो र उज्ज्वल भविष्यको चाहाना सदैव आमा बुबाले राखेका हुन्छन् । सोहि इच्छा अनुरुप चौदण्डीगढी – १० उदयपुर निवासी गाईघाट शाखाका एजेन्सी म्यानेजर सन्तोष परीयारले आफ्नो छोरा सक्षम परीयारकोे न्वारणको उपलक्ष्यमा सूर्यज्योति नौलो बाल जीवन बीमा योजना लिएका छन् ।
उक्त बीमा योजना कम्पनीको गाईघाट शाखाबाट जारी गरीएको हो । सूर्यज्योति नौलो बाल जीवन बीमा योजना अन्तर्गत बच्चा र प्रस्तावक दुवैको जोखिम बहन हुनुका साथै बीमा अवधि समाप्तिमा बीमाङ्क रकम र बोनस भुक्तानीको सुविधाका साथै ३५ घातक रोग विरुद्धको आर्थिक सुरक्षाको लाभहरु रहेका छन् ।
उक्त बीमा योजनाले बीमा अवधिभर जोखिम बहन गर्ने र सो पश्चात पाउने रकम छोराको उच्च शिक्षामा सहयोग हुने भएकोले दोहोरो सुरक्षाको महसुस गरेको कुरा बुबा सन्तोस परीयारले जानकारी गराउनु भयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- बागलुङमा बाढीपहिरोमा मृत्यु हुनेको सङ्ख्या १२ पुग्यो, एक बेपत्ता
- बागलुङमा पहिरोमा परी १० जनाको मृत्यु, एक बेपत्ता
- गाउँबाट धामसम्मको यात्राः जगतगुरु शिवशक्ति बाबाले बदलेको जातेको धार्मिक पहिचान
- नारायणी र रिउ खोलामा जलसतह खतराभन्दा माथि, तटीय क्षेत्रमा उच्च जोखिम
- पाल्पामा पहिरोमा परी दुई जनाको मृत्यु, तीन बेपत्ता
- आजदेखि सुरु भयो सोह्र श्राद्ध, पितृ पक्षमा गरिन्छ तर्पण र पिण्डदान
- पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पक्राउ
- हिमालयन एभरेस्ट इन्स्योरेन्स बन्यो दोस्रो नेपाल इन्स्योरेन्स फुटसल कपको च्याम्पियन



ट्रेन्डिङ
खबरमुकाम





