मुन्दुम ट्रेलका अभियान्ता रमेश कुमार राईको पुस्तक ‘नेपालमा पर्यटनको सम्भावना र अवसरहरु’ साल्पा सिलिचुङको शिखरबाट सार्वजनिक गरिएको छ ।
पुस्तकका लेखक राईसहित सो क्षेत्रको जैविक विविधताबारे अनुसन्धान गर्न खटिएकाे डा. अच्युत तिवारी नेतृत्वको टोलीले शनिबार ४ हजार १ सय ६५ मिटर उचाइ रहेको सिलिचुङ चुचुरोमा पुगेर पुस्तक सार्वजनिक गरेको हो ।
पुस्तकमा नेपालका विभिन्न पर्यटकीय क्षेत्रबारे विस्तृत जानकारी दिइएको छ ।
पुस्तकका लेखक राई मूलतः मुन्दुम ट्रेलका प्रचारक र पर्यटन व्यवसायी हुन् । मुन्दुम ट्रेल भोजपुर, खोटाङ र सोलुखुम्बुको विभिन्न पर्यटकीय स्थलमा पुगेको छ ।
जसमध्ये साल्पा पोखरी र त्यहाँबाट करिब तीन घन्टा हिँडेर पुगिने सिलिचुङ चुचुरो एक महत्वपूर्ण सांस्कृतिक पर्यटकीय स्थल हो ।
किनकि, साल्पा–सिलिचुङ नेपालका किरात समुदायको संस्कृति र मिथकसँग पनि जोडिन्छ ।
साल्पा सिलिचुङकाे चुचुरोबाट पुस्तक सार्वजनिक गरिएको सम्भवतः यो नै पहिलो हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- कांग्रेस इतर समूहको राष्ट्रिय भेलामा सहभागी हुन परिपत्र
- प्रधानमन्त्री शाहसँग भारतीय राजदूतको भेट
- बालेन र रवि लामिछानेबीच बालुवाटारमा ४५ मिनेट भेटवार्ता
- प्रतिनिधिसभाको बैठक आज, चार विधेयक प्रस्तुत हुँदै
- साउनको अन्तिम सोमबार बोलबम यात्राका लागि सुन्दरीजलमा भक्तजनको भीड
- आजको मौसमः देशभर बदली, केही स्थानमा भारी वर्षाको सम्भावना
- कपिलवस्तुका पूर्वमेयर किरण सिंह मृत फेला
- प्रधानमन्त्री शाहले भारतीय र चिनियाँ राजदूतसँग छुट्टाछुट्टै भेटवार्ता गर्ने

ट्रेन्डिङ
खबरमुकाम_1694175897.jpeg)







