काठमाडौं । काठमाडौं महानगरपालिकाले महानगरभित्र रहेका भित्तालाई चित्रले रङ्ग्याउन थालेको छ । फोहोर, पोस्टर टास्ने, अनावश्यक लेख्ने भित्ताहरुलाई मध्यनजर गर्दै महानगरले वाल आर्ट गर्न थालेको हो ।
काठमाडौं महानगरको संस्कृति झल्किने भित्ताहरुमा बिभिन्न कलात्मक सामाग्रीहरु रङ्ग्याउन थालिएको हो ।

काठमाडौं महानगरपालिका भित्रका सार्वजनिक स्थलहरुको सुन्दरताका लागि भित्तेचित्र बनाउ थालिएको महानगरले जनाएको छ ।
यसका लागि महानगरपालिकाको सार्वजनिक निर्माण विभाग र ललितकला प्रज्ञा प्रतिष्ठानबीच यसअघि सम्झौता भएको थियो ।

विभागका प्रमुख सुरज शाक्य र प्रतिष्ठानका उप–प्रशासन प्रमुख कमलमणि काफ्लेले फागुन १७ मा सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए ।
सम्झौताबमोजिम स्वीकृत भएका डिजाइन र स्थानहरुमा प्रतिष्ठानले भित्तेचित्र बनाइरहेको हो । यो काम २०८१ जेठ मसान्तसम्ममा सम्पन्न गरिनेछ ।

चित्र बनाउन प्रतिष्ठानले व्यक्ति र संस्थाहरुसँग सम्झौता गरेर काम लगाउन सक्नेछ । यसरी काम लगाउँदा सम्झौता गर्ने, कार्यादेश दिने, मूल्याङ्कन गर्ने, भुक्तानी गर्ने, जवाफदेहिता वहन गर्ने दायित्व प्रतिष्ठानकै हुने गरि सम्झौता भएको थियो । यसका लागि महानगरपालिकाले ५० लाख रुपैयाँ उपलब्ध गराउने सम्झौता भएको थियो । ६० प्रतिशत (३० लाख रुपैयाँ) र कार्य सम्पन्न भइसकेपछि ४० प्रतिशत (२० लाख रुपैयाँ) प्रदान गरिने सम्झौतामा उल्लेख छ ।

प्रतिष्ठानले कार्ययोजना बनाउँदा सम्झौतामा उल्लेख भएको रकमबमोजिकको बनाउनु पर्नेछ ।
सुरुवाती चरणमा सुन्धारामा रहेको नेपाल टेलिकमको भवनको वालमा पेन्टिङ्ग गराउन सुरु गरिएको छ । सुन्धारापछि त्रिपुरेश्वर ओरालो, प्रदशनीमार्ग , विमानस्थल, बबरमहल, लैनचौर समाजकल्याण परिषद्, बानेश्वर मीनभवनको भित्तोमा आर्ट गरिने महानगरले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- बाढीग्रस्त क्षेत्रमा शिव शक्ति बाबाको राहत वितरण
- मुक्तिनाथ विकास बैंक र यातायात व्यवसायी महासंघबीच सम्झौता, व्यवसायीलाई सहुलियत ब्याजदरमा कर्जा
- भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार १२७ पुग्यो, ४ हजार ८५८ अझै सम्पर्कविहीन
- रसुवा बाढी प्रभावित क्षेत्रमा अपराह्नपछि मध्यम वर्षाको सम्भावना
- प्रतिनिधिसभा बैठक आज, भोटेकोशी बाढीबारे विशेष प्रस्ताव प्रस्तुत हुने
- बाढी प्रभावित क्षेत्रमा महामारीको जोखिम, उच्च सतर्कता अपनाउन स्वास्थ्यविज्ञको आग्रह
- भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १ हजार ३ पुग्यो
- नेशनल लाइफ इन्स्योरेन्सद्वारा विपद् उद्धार कोषमा १ करोड ५१ लाख सहयोग


ट्रेन्डिङ
खबरमुकाम






