'लुम्बिनी अन्तर्राष्ट्रिय शान्ति महोत्सव २०२४' आयोजना हुने भएको छ।
नेपाल पर्यटन बोर्ड, चिनियाँ राजदूतावास, लुम्बिनी विकास कोष, नेपाल ओलम्पिक कमिटी, र प्रदेश खेलकुद परिषद् नेपालको आयोजनामा महोत्सव हुन लागेको हो।
महोत्सवका लागि नेपाल ओभरसिज चाइनिज एसोसिएसन, लुम्बिनीस्थित झोङ हुआ गुम्बा र लुम्बिनी होटल एसोसिएसनको सहआयोजना रहनेछ।
शान्ति महोत्सव आगामी वैशाख ५ र ६ गते हुनेछ। यही अवसरमा लुम्बिनीमा शान्ति म्याराथन, योगा र लुम्बिनी शान्ति कन्सर्ट गरी तीनवटा कार्यक्रम हुनेछन्।
लुम्बिनीलाई 'विश्व शान्ति र सांस्कृतिक पर्यटन गन्तव्य' को रूपमा विश्वव्यापी रूपमा प्रवर्द्धन र स्थान दिनमा यो कार्यक्रम केन्द्रित रहेको छ।
कार्यक्रमले नेपाल र चीनबीचको जनस्तरमा सद्भाव र न्यानो सम्बन्धलाई अझ प्रगाढ बनाउने अपेक्षा गरिएको छ। एक पवित्र तीर्थस्थलका रूपमा चिनिएको लुम्बिनी नेपाल घुम्न आउने पर्यटकहरूको रोजाइको गन्तव्यमध्ये पर्छ।
दुई दिनसम्म हुने कार्यक्रम विश्व सम्पदा स्थल परिसरमा हुनेछ। वैशाख ५ गते योग दिवस भएकाले योगा गराउने र साँझ 'विकास र शान्तिका लागि अन्तर्राष्ट्रिय खेलकुद दिवस' को अवसरमा वार्ता कार्यक्रम आयोजना हुनेछ।
भोलिपल्ट बिहान लुम्बिनी अन्तर्राष्ट्रिय शान्ति म्याराथन लुम्बिनी स्क्वायरमा सुरू भई समापन हुनेछ। म्याराथनका लागि कुल १९ लाख १५ हजार रूपैयाँ नगद पुरस्कारको व्यवस्था गरिएको छ। म्याराथनका लागि विधा छुट्याएको छ। जहाँ म्याराथन, हाफ म्याराथन, ओपन, स्कुललगायत समूह छुट्याइएको छ।
यस कार्यक्रमले लुम्बिनीको प्रचार-प्रसार र पर्यटन प्रवर्द्धनका लागि महत्वपूर्ण भूमिका खेल्ने लुम्बिनी क्षेत्र विकास कोषका सदस्य सचिव सानु राजा शाक्यले बताए।
कार्यक्रममा अन्तर्राष्ट्रिय तथा राष्ट्रिय म्याराथन धावक, चिनियाँ प्रतिनिधि, कूटनीतिज्ञ, कलाकार, गायक, प्रदेश तथा राष्ट्रिय सरकारी अधिकारी, पर्यटन समुदायको सहभागिता रहनेछ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- राष्ट्रिय वाणिज्य बैंकको कर्पोरेट शाखामा सन्ध्याकालीन काउण्टर सेवा
- यी कलाकारले सेप्टेम्बर २५ मा कोरिया गुञ्जाउने
- सुशासनको नारामाथि प्रश्नः अख्तियारको छानबिनमा रहेका कालाखेतीलाई नेपाल एयरलाइन्सको नेतृत्व
- विदेशमा कार्यरत नेपालीको सामूहिक बचतबाट सुरु भएको बीजी ग्रुप सेयर बजारमा आउने तयारीमा
- काठमाडौंमा हुँदैछ PMGO South Asia Finals 2026, दर्शकका लागि पनि विशेष एक्सपेरियन्स जोन
- अन्तर्राष्ट्रिय पब्जी मोबाइल प्रतियोगिताको आधिकारिक इन्टरनेट साझेदार बन्यो भायानेट
- बाढी–पहिरो प्रभावित ४०० परिवारलाई ११ लाख रुपैयाँ बराबरको राहत
- रसुवाको भोटेकोशी बाढीः ४ हजारभन्दा बढी बेपत्ता, ९ हजार २८७ जनाको उद्धार


ट्रेन्डिङ
खबरमुकाम






