काठमाडौँ। गरिमा विकास बैंक लिमिटेडले आफ्ना शेयरधनीलाई भुक्तानी लिन बाँकी रहेको पुरानो नगद लाभांश बुझ्न आग्रह गरेको छ।
गरिमा विकास बैंक र यस बैंकमा गाभिनुपूर्व साविक शुभेच्छा विकास बैंक, साविक निलगिरी विकास बैंक र साविक साहारा विकास बैंकको साधारण सभाबाट पारित नगद लाभांश हालसम्म पनि केही शेयरधनीले नलिएको भन्दै लिन आग्रह गरेको हो।
यसका लागि शेयरधनीले गरिमा विकास बैंकको शेयर रजिष्ट्रार एनआइएमबि एस क्यापिटल लिमिटेड, लाजिम्पाट, काठमाडौंमा सम्पर्क गर्नुपर्ने बैंकले जनाएको छ ।
साथै, ३५ दिनभित्र आर्थिक वर्ष २०७४।०७५ सम्मको नगद लाभांश बुझिलिन नआएमा उक्त अवधिसम्मको बाँकी नगद लाभांश रकम कम्पनी ऐन, २०६३ को दफा १८२ को उपदफा (९) मा भएको व्यवस्था अनुसार लगानीकर्ता संरक्षण कोषमा जम्मा गरिने सूचनामा उल्लेख गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- हिमालयन एभरेस्ट इन्स्योरेन्स बन्यो दोस्रो नेपाल इन्स्योरेन्स फुटसल कपको च्याम्पियन
- एभरेस्ट बैंकको धनगढीमा नयाँ भवनसहित १३४औँ शाखा सञ्चालन
- हुथी विद्रोहीको सैन्य अभियान तीव्र, बाब अल–मन्देब क्षेत्रमा बढ्यो तनाव
- त्रिपुरेश्वर बस आगलागीमा घाइते चालकको मृत्यु, घटनाको छानबिन गर्न समिति गठन
- प्रतिनिधिसभा बैठक आज, चार संसदीय समितिमा पनि छलफल
- पहिलो विदेश यात्रामा प्रधानमन्त्री शाह, संयुक्त राष्ट्रसङ्घको महासभामा सम्बोधन गर्दै
- नाडाद्वारा बाढीपीडितका लागि राहत सामग्री वितरण, उद्धार कोषमा १० लाख सहयोग
- रुकुम पश्चिममा २१ मेगावाटको जल्दीगाड जलविद्युत आयोजना निर्माण हुने

ट्रेन्डिङ
खबरमुकाम







