काठमाण्डौँ । स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेडले मुकुम्लुङ कम्प्लेक्स रमाइलो चोक धरानमा नयाँ शाखा उद्घाटन गरेको छ । धरानमा रहेको उक्त शाखा आज उद्घाटन भएको हो ।
उक्त शाखाको उद्घाटन नेपाल राष्ट्र बैंक विराटनगर कार्यालयका निर्देशक इन्द्र चम्लागाई मैनाली, भेट्रान सर्भिसेस ब्रिटीस गोर्खा नोपलका रिटायर्ड मेजर मान ब. गुरुङ र स्ट्याण्डर्ड चाटर्ड बैंकको डीसीईओ गोरख रानाले संयुक्त रुपमा गरेका हुन् ।
यो नयाँ शाखाले परिष्कृत व्यक्तिगत र ग्राहक केन्द्रित अनुभवहरूको साथ बैंकिङको अन्तरक्रियात्मक रूपहरु अफर गरेको बैंकले जनाएको छ । शाखा कार्यालयमा पर्याप्त पार्किङ र एटीएम सुविधा रहेको बैंकले जनाएको छ ।
यस्तै बैठक कोठा र प्रतीक्षा लाउन्ज सहित प्राथमिकता बैंकिङको समेत सुविधा व्यवस्था गरिएको छ । यो शाखा कार्यालय स्ट्यान्डर्ड चार्टर्ड बैंकको विश्वव्यापी मापदण्ड अनुसार नयाँ डिजाइनहरू गरिएको र यसले कर्मचारीहरुलाई नयाँ तरिकाले काम गर्न प्रेरित गर्ने बैंकले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- राष्ट्रिय वाणिज्य बैंकको कर्पोरेट शाखामा सन्ध्याकालीन काउण्टर सेवा
- यी कलाकारले सेप्टेम्बर २५ मा कोरिया गुञ्जाउने
- सुशासनको नारामाथि प्रश्नः अख्तियारको छानबिनमा रहेका कालाखेतीलाई नेपाल एयरलाइन्सको नेतृत्व
- विदेशमा कार्यरत नेपालीको सामूहिक बचतबाट सुरु भएको बीजी ग्रुप सेयर बजारमा आउने तयारीमा
- काठमाडौंमा हुँदैछ PMGO South Asia Finals 2026, दर्शकका लागि पनि विशेष एक्सपेरियन्स जोन
- अन्तर्राष्ट्रिय पब्जी मोबाइल प्रतियोगिताको आधिकारिक इन्टरनेट साझेदार बन्यो भायानेट
- बाढी–पहिरो प्रभावित ४०० परिवारलाई ११ लाख रुपैयाँ बराबरको राहत
- रसुवाको भोटेकोशी बाढीः ४ हजारभन्दा बढी बेपत्ता, ९ हजार २८७ जनाको उद्धार


ट्रेन्डिङ
खबरमुकाम






