काठमाडौं । शिक्षामन्त्री सुमना श्रेष्ठले त्रिभुवन विश्वविद्यालय (त्रिवि) मा पछिल्लो समय देखिएको चार बेथितीका घटनाहरुमाथि चासो राख्दै संलग्नमाथि कारबाहीको विवरण मागेकी छन् । मन्त्री श्रेष्ठले अनियमितता र बेथितीले विश्वविद्यालयको साख गिरेको भन्दै संलग्नहरुमाथिको छानविन र कारबाहीको विवरण मागेकी हुन् ।
उनले जनसंख्या तथा स्वास्थ्य र शिक्षाको आधार विषयको उत्तरपुस्तिका हराएको घटनाको विवरण मागेकी छन् । गत बैशाखमा सम्पन्न परीक्षाको उत्तरपुस्तिका हराएपछि त्रिभुवन विश्वविद्यालयले केही विद्यार्थीहरुलाई फेरि जाँचमा सामेल बनाउँदैछ ।
उत्तरपुस्तिका हराएको घटनाबारे जाँचबुझ गर्न गठन भएको उच्चस्तरीय छानविन समितिको काम कारबाहीको विवरण पनि उनले झिकाएकी छन् । उनले पत्रमा लेखेकी छन्, ‘उक्त समितिले पेश गर्ने भनिएको प्रतिवेदन कार्यान्वयनको सुनिश्चितता सहित सम्बन्धित प्रक्रियामा संलग्न दोषीउपर कारबाहीको प्रक्रिया कहाँ पुगेको छ ?’
त्रिविको मानविकी तथा समाजशास्त्र संकायको स्नातकोत्तर तहको अर्थशास्त्रको प्रश्नपत्रमा एउटै प्रश्न दुई ठाउँमा सोधिएको थियो । उनले प्रश्नपत्र निर्माण संलग्नमाथिको कारबाहीको प्रगति विवरण पनि मागेकी छन् ।
त्यसैगरी इञ्जिनियरिङ संकायको अटोमोबाइल विषयमा पुरानो पाठ्यक्रमबाट प्रश्न सोधिएकोमा पनि उनले कारबाहीको विवरण मागेकी छन् । पत्रमा भनिएको छ, ‘उक्त प्रक्रियामा संलग्न जिम्मेवार पदाधिकारी को हुन् ? त्यस्तो लापरबाहीपूर्ण कार्य गर्ने पदाधिकारीहरू माथि के कस्तो कारबाही कसरी अघि बढ्दै छ ?’
शैक्षिक क्यालेण्डर कार्यान्वयन हुन नसक्दा तोकिएको समयमा पठनपाठन सक्ने, परीक्षा लिने, नतिजा निकाल्ने काम हुन नसकेको र विद्यार्थीको समय खेर गएको भन्दै उनले त्यसको सुधारको योजना र खाका मागेकी छन् ।
‘शैक्षिक क्यालेण्डर बमोजिम समयमा नै प्रकाशन गर्ने सम्बन्धमा जिम्मेवार पदाधिकारीहरूलाई कसरी जवाफदेही बनाउँदैछ ?’ उनले पत्रमा भनेकी छन्, ‘घटनाहरूपश्चात परीक्षा प्रणालीलाई सुधार गर्न के गरिंदै छ ? यी घटनाहरूबाट विद्यार्थीहरूमा पर्न गएको क्षतिको क्षतिपूर्ति कसरी हुँदैछ ?’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- राष्ट्रिय वाणिज्य बैंकको कर्पोरेट शाखामा सन्ध्याकालीन काउण्टर सेवा
- यी कलाकारले सेप्टेम्बर २५ मा कोरिया गुञ्जाउने
- सुशासनको नारामाथि प्रश्नः अख्तियारको छानबिनमा रहेका कालाखेतीलाई नेपाल एयरलाइन्सको नेतृत्व
- विदेशमा कार्यरत नेपालीको सामूहिक बचतबाट सुरु भएको बीजी ग्रुप सेयर बजारमा आउने तयारीमा
- काठमाडौंमा हुँदैछ PMGO South Asia Finals 2026, दर्शकका लागि पनि विशेष एक्सपेरियन्स जोन
- अन्तर्राष्ट्रिय पब्जी मोबाइल प्रतियोगिताको आधिकारिक इन्टरनेट साझेदार बन्यो भायानेट
- बाढी–पहिरो प्रभावित ४०० परिवारलाई ११ लाख रुपैयाँ बराबरको राहत
- रसुवाको भोटेकोशी बाढीः ४ हजारभन्दा बढी बेपत्ता, ९ हजार २८७ जनाको उद्धार


ट्रेन्डिङ
खबरमुकाम






