काठमाडौँ । एक्सप्लोर नेपाल च्यानलका सब्सक्राइबरहरूले डोमेस्टिक बस र फ्लाइट टिकटदेखि लग्जरी रिसोर्टहरूमा फ्री स्टेसम्मका आकर्षक उपहारहरु जित्ने मौका पाउनेछन् ।
वैशाख एक गते नजिकिँदै गर्दा उत्साह, उत्सव र अन्वेषणको एक भाइब्रेन्ट अवसरको रुपमा आउने नयाँ वर्षलाई स्वागत गर्न नेपाल तयार हुँदैछ। यस शुभ समयमा घुमफिरको मोहलाई अँगाल्न, राकुटेन भाइबरले एक्सप्लोर नेपाल च्यानल ट्राभल क्याम्पेनको चौथो सिजन सुरु गर्दैछ। यसले देशका आकर्षक गन्तव्य, आश्चर्यजनक परिदृश्य र समृद्ध सांस्कृतिक सम्पदाहरूलाई अझै प्रष्ट रुपमा चिनाउने विश्वास गरिएको छ।
भाइबरले ट्राभल भ्लगर घुमन्तेलाई एक्स्प्लोर नेपाल च्यानललाई रोमाञ्चक अभियानको रूपमा अघि लैजान आमन्त्रित गरेको छ। २०८० चैत्र ७ गतेदेखि घुमन्तेले हाम्रा सब्सक्राइबरहरूलाई छ हप्ताको भर्चुअल अभियानमा नेपालका विविध भू(भागहरूमा रमाइला पोष्टहरू गर्दै, अमूल्य अन्तर्दृष्टिहरू दिँदै र यात्रासम्बन्धी ह्याकहरू साझेदारी गर्दै घुमाउन लैजानेछन्।
यस अभियानको विशेष आकर्षणका रूपमा सहभागीहरूका लागि आकर्षक उपहारहरु पनि छन् जुन गत वर्षका उपहारहरु भन्दा एक कदम अझै माथिका हुनेछन्। च्यानलले प्रत्येक हप्ता एक क्विजको आयोजना गर्नेछ जहाँ भाग्यशाली सहभागीहरूले हाम्रा पार्टनरहरूको सौजन्यमा निम्न प्राइजहरू जित्न सक्नेछन्।
● तीन जना विजेताका लागि बस सेवा मार्फत् प्रत्येक हप्ता पोखराका लागि दुईवटा प्रिमियम राउन्डट्रिप बस टिकटहरू
● एकजना विजेताका लागि सस्तो टिकटबाट प्रत्येक हप्ता पोखराका लागि दुईवटा राउन्डट्रिप डोमेस्टिक फ्लाइट टिकट
● सस्तो टिकटले एक भाग्यशाली विजेतालाई अविस्मरणीय माउन्टेन फ्लाइट दुईजनालाई अनुभव पनि गराउने छ।
● बम्पर प्राइजः प्रत्येक दुई विजेताले रानीबन रिट्रिट, पोखरामा ४ जनाको ग्रुपको लागि दुई रातको लक्जरी स्टे प्राप्त गर्नेछन्।
म फेरि यस अभियानको हिस्सा हुन पाउँदा खुशी छु१ गत वर्षको सहकार्यले धेरै युजरहरूलाई रमाइलो भयो। उपहारहरु का कारणले मात्र होइन, यात्राका क्रममा नयाँ नयाँ दर्शकहरूसँग माया बाँड्न पाएकोले पनि मलाई धेरै आनन्द लाग्यो। यो नयाँ वर्षमा यो सबै फेरि गर्न म झनै उत्साहित छु”, घुमन्तेले भने।
नयाँ वर्ष अभियानले नेपालको प्राकृतिक सौन्दर्यलाई हाइलाइट गरी स्थानीय पर्यटन प्रवर्द्धन गर्ने भाइबरको प्रतिबद्धतालाई प्रतिबिम्बित गर्दछ। हामी यात्रुहरूलाई देशका प्राकृतिक सम्पदाहरूमा डुब्न आमन्त्रित गर्दछौं। हामीले यस अभियानमार्फत् हाम्रा कम्युनिटीका सदस्यहरूबीच सार्थक सम्बन्ध बढ्ने र साहसिक भावनाका साथ २०८१ लाई स्वागत गर्ने आशा गरेका छौं, राकुटेन भाइबरमा एपाक का डाईरेकटर डेविड चेले भन्नुभयो।
एक्सप्लोर नेपाल च्यानल मार्फत् युजरहरूले नेपालका लुकेका सम्पदाहरू कसरि उजागर गर्ने तथा नेपाली जनता र सम्पदाबीचको बलियो बन्धनलाई कसरी बढाउने भन्ने बारेमा प्रेरणा पाउन सक्छन्। युजरहरूले अब एक्सप्लोर नेपाल च्यानलमा सब्सक्राइब गर्न सक्छन्, जहाँ नेपाल नयाँ वर्ष अभियान वैशाख १८, २०८१ सम्म चल्नेछ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- राष्ट्रिय वाणिज्य बैंकको कर्पोरेट शाखामा सन्ध्याकालीन काउण्टर सेवा
- यी कलाकारले सेप्टेम्बर २५ मा कोरिया गुञ्जाउने
- सुशासनको नारामाथि प्रश्नः अख्तियारको छानबिनमा रहेका कालाखेतीलाई नेपाल एयरलाइन्सको नेतृत्व
- विदेशमा कार्यरत नेपालीको सामूहिक बचतबाट सुरु भएको बीजी ग्रुप सेयर बजारमा आउने तयारीमा
- काठमाडौंमा हुँदैछ PMGO South Asia Finals 2026, दर्शकका लागि पनि विशेष एक्सपेरियन्स जोन
- अन्तर्राष्ट्रिय पब्जी मोबाइल प्रतियोगिताको आधिकारिक इन्टरनेट साझेदार बन्यो भायानेट
- बाढी–पहिरो प्रभावित ४०० परिवारलाई ११ लाख रुपैयाँ बराबरको राहत
- रसुवाको भोटेकोशी बाढीः ४ हजारभन्दा बढी बेपत्ता, ९ हजार २८७ जनाको उद्धार


ट्रेन्डिङ
खबरमुकाम






