काठमाडौं । गायक आयुष मगरको स्वर र शब्दमा रहेको ’लैजाने छु तिमीलाई’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ। उदय राज पौडेलले साउण्ड डिजाइन गरेको यस गीतको म्युजिक प्रोड्युसर सिद्धान्त राना हुन् ।
म्युजिक भिडियो अमेरिकाको न्युयोर्क सहर वरिपरिको क्षेत्रमा सुटिङ गरिएको हो । म्युजिक भिडियोमा स्वयम् गायक मगर र मनिकला गुरुङ बिचको अन्स्क्रिन प्रेम र रोमान्स देख्न सकिन्छ। एनवाइसी नेपाली लाइफस्टाइल प्रडक्शनले छायाँकन गरेको यस भिडियोलाई बिजेश पौडेलले सम्पादन गरेका हुन् ।
भ्यालेन्टाइन डे को अवसर पारेर कोसेलीका रुपमा यो प्रेम गीत सार्वजनिक गरिएको गायक मगरले बताएका छन्। भिडियो गायक मगरको युट्युव च्यानल ’आयुष मगर’ मार्फत सार्वजनिक गरिएको हो। हाल अमेरिकामा बस्दै आएका गायक मगरको यसअघि ’माया पनि बसेकै थियो’ बोलको म्युजिक भिडियो स्रोता दर्शक माझ लोकप्रिय छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- राष्ट्रिय वाणिज्य बैंकको कर्पोरेट शाखामा सन्ध्याकालीन काउण्टर सेवा
- यी कलाकारले सेप्टेम्बर २५ मा कोरिया गुञ्जाउने
- सुशासनको नारामाथि प्रश्नः अख्तियारको छानबिनमा रहेका कालाखेतीलाई नेपाल एयरलाइन्सको नेतृत्व
- विदेशमा कार्यरत नेपालीको सामूहिक बचतबाट सुरु भएको बीजी ग्रुप सेयर बजारमा आउने तयारीमा
- काठमाडौंमा हुँदैछ PMGO South Asia Finals 2026, दर्शकका लागि पनि विशेष एक्सपेरियन्स जोन
- अन्तर्राष्ट्रिय पब्जी मोबाइल प्रतियोगिताको आधिकारिक इन्टरनेट साझेदार बन्यो भायानेट
- बाढी–पहिरो प्रभावित ४०० परिवारलाई ११ लाख रुपैयाँ बराबरको राहत
- रसुवाको भोटेकोशी बाढीः ४ हजारभन्दा बढी बेपत्ता, ९ हजार २८७ जनाको उद्धार


ट्रेन्डिङ
खबरमुकाम





