ताप्लेजुङ। ताप्लेजुङको बहानन्दे–दोभान सडकखण्ड कालोपत्र गर्ने जिम्मा पाएको निर्माण कम्पनीले कार्यअनुसारको रकम भुक्तानी नहुँदा काम छाडेर हिँड्नुपर्ने अवस्था आएको जनाएको छ ।
समयमै रकम भुक्तानी नहुँदा निर्माण क्षेत्रमा खटिएका मजदुर तथा कर्मचारीलाई चार महिनादेखि पारिश्रमिक दिन नसकिएको र थप कार्य अघि बढाउन कठिन भएको निर्माण कम्पनी एपेक्स कन्ट्रक्सन प्रालिले बताएको हो ।
कामअनुसारको रकम भुक्तानी नभए दुई हप्तापछि छाड्नुपर्ने अवस्था आएको निर्माण कम्पनीका प्रतिनिधि अनिल चौधरीले बताए ।
“बजेट अभावले विगत चार महिनादेखि काम गर्ने कामदार तथा कर्मचारीलाई पारिश्रमिक दिन सकिएको छैन, कम्पनीले आफ्नो बजेटले भ्याएसम्म काम भयो, अब धान्ने अवस्था सकिँदै गयो, अब १५ दिनभित्र भुक्तानी भए काम अघि बढ्छ नत्र काम ठप्प हुने अवस्था आउँछ”, उनले भने, “वित्तीय प्रगति ६० प्रतिशत भएको छ तर करिब ४७ प्रतिशतमात्र रकम भुक्तानी भएको छ ।”
स्थानीय जनप्रतिनिधि र नागरिकले समयमै काम सम्पन्न गर्न बारम्बार अनुरोध गर्ने गरे पनि रकम अभावले नै रोकिने परिस्थिति सिर्जना भएको प्रतिनिधि चौधरीको भनाइ थियो ।
बजेट अभाव नहुँदा सम्झौता अवधिभन्दा छ–सात महिनाअघि नै काम सक्ने योजना रहेको उनले बताए ।
उक्त १० किलोमिटर सकड कालोपत्र गर्नका लागि २०७९ साल जेठ २३ गते कुल रु ३३ करोड ९९ लाख ४६ हजार दुई सय २६ मा २०८१ साल फागुनभित्रै सम्पन्न गर्नेगरी सम्झौता गरिएको थियो ।
निर्माण पक्षले सोमबार निर्माण क्षेत्रमै ब्यानरसहित समयमै भुक्तानी गर्न माग गर्दै प्रदर्शन पनि गरेको थियो । यता उक्त सडकको नियमक निकाय उत्तर–दक्षिण (मुलघाट–दोभान–ओलाङचुङगोला) सडक योजना कार्यालयका डिभिजनल इन्जिनियर सुदर्शन कार्कीले उक्त सडक कालोपत्रका लागि चालु आर्थिक वर्षमा रु एक करोड रहेको र उक्त रकम भुक्तानी भएको बताए । थप रकम माग भएको र प्राप्त भएपछि निर्माण कम्पनीलाई भुक्तानी गर्ने उनको भनाइ थियो ।
मेची राजमार्गसँग जोडिएको उक्त सडकखण्डले जिल्लाको प्रदेशसभा निर्वाचन क्षेत्र (क) र (ख)लाई जोड्छ । जिल्लाकै दोस्रो ठूलो बजार दोभानलाई जोड्ने सडक स्तरोन्नति समयमै नहुनु दुःखद् भएको भन्दै स्थानीयवासीले गुनासो गर्दै आएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- गुमुखोला भ्याकुरे हाइड्रोपावरद्वारा ५ लाख कित्ता निष्काशनका बिक्री प्रबन्धक नियुक्त
- ग्लोबल आइएमई बैंकमा नागरिक एपबाटै बैंक खाता खोल्ने व्यवस्था
- आज ह्वात्तै बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?
- मादक पदार्थ सेवन गरेका चालकको ग्यास ट्यांकरले ई–रिक्सा ठक्कर दिँदा ९ जना घाइते
- भारतबाट शेख हसिनाको पत्रकार सम्मेलनप्रति बंगलादेशको कडा आपत्ति
- घर बनाउन सञ्चय कोष सुर्खेतले दियो ३५ करोड ऋण
- ‘ब्लू सर्ज - पावरिंग अहेड टुगेदर पार्टनर्स मीट २०२६’ सम्पन्न गरी यामाहा नेपालका साझेदारहरू स्वदेश फिर्ता
- नाट्टा निर्वाचनका लागि भरत जंग पाण्डेको नेतृत्वमा प्यानल घोषणा

ट्रेन्डिङ
खबरमुकाम






.jpeg)
