नेशनल लाईफको लुम्विनी लक्जरी टुर र रानीमहल भ्रमण

काठमाडाैं । कम्पनीको मासिक योजनाअन्तर्गत तोकिएको लक्ष्य पूरा गर्ने अभिकर्ताहरुको उत्साहजनक उपस्थितिमा कम्पनीले लुम्बिनी लक्जरी टुरअन्तर्गत नेपालको प्रसिद्ध स्थल लुम्बिनी र पाल्पाको रानी महल भ्रमण गराएको छ ।  

कम्पनीका विभागीय प्रमुख, प्रदेश प्रमुख, शाखा प्रमुखहरु र देशैभरिबाट उत्कृष्ट व्यवसाय गरी योजनामा छनौट हुन सफल भएका करिब ४०० जनाभन्दा बढी वरिष्ठ अभिकर्ताहरुले कार्यक्रममा सहभागिता जनाएका थिए । 

सो अवसरमा कम्पनीका उपप्रमुख कार्यकारी अधिकृत स्मृतीराज कँडेलको सभापतित्वमा सम्मान कार्यक्रमको आयोजना गरी उत्कृष्ट व्यवसाय गर्ने अभिकर्ताहरुलाई सम्मान तथा प्रमाणपत्र प्रदान गरिएको थियोे ।

 

 उपप्रमुख कार्यकारी अधिकृत स्मृतिराज कँडलले यस्ता भ्रमण कार्यक्रमबाट देशका विभिन्न क्षेत्रका अभिकर्ताहरुबीच एकआपसमा अन्तरक्रिया पनि हुने र मनोरञ्जन पनि प्राप्त हुनुका साथै अभिकर्ता समूहको दक्षता अभिबृद्धिमा समेत प्रत्यक्ष लाभ पुग्ने भएको हुँदा कम्पनीले यस प्रकारको अभिकर्ता योजना ल्याएको र अभिकर्ताहरुको उत्साहजनक उपस्थितिले योजना अत्यन्तै सफल भएको महशुस गरिएको बताए ।

कार्यक्रमका सहभागीहरुलाई धन्यवाद ज्ञापन गर्दै बजार विभाग प्रमुख विवेक शर्माले तोकिएको व्यवसायिक लक्ष्य पूरा गर्दै कम्पनीलाई बीमा बजारमा अग्रस्थानमा पुर्याउन अभिकर्ताहरुको अत्यन्तै महत्वपूर्ण भूमिका हुने भएको हुँदा अभिकर्ता समूहको सल्लाह सुझावमा नै कम्पनीले योजना जारी गर्ने बताए ।  

एजेन्सी विभाग प्रमुख सुशीलप्रताप राणाले सञ्चालन गरेको सो कार्यक्रमका सहभागी अभिकर्ताहरुले नेपालको प्रसिद्धस्थल लुम्विनी र पाल्पाको ऐतिहासिक रानीमहल भ्रमण गर्ने अवसर प्रदान गरेकोमा कम्पनीप्रति आभार प्रकट गरेका थिए ।  

65bbcd9a817ca.jpg 65bbcda7166c7.jpg

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै