काठमाडाैं । चना र बदाम साथमा खाँदा फाइदा गर्छ । यसको सेवनले धेरै रोगसँग लड्न सहयोग गर्छ । यसबाट पाइने लाभ बारेमा जानौं ।
चनामा प्रोटिन, फाइबर, आइरन तथा क्यालोरी हुन्छ । साथमा बदाममा ओमेगा ६, क्याल्सियम र ओमेगा ३ फ्याटी एसिडको राम्रो स्रोत हुन्छ ।
बदाम र चनालाई साथमा खाँदा कब्जियत, ग्यास र अपचको समस्या कम हुन्छ । साथमा यसको सेवनले पाचन प्रणाली पनि बलियो हुन्छ ।
शरीरको रोग प्रतिरोधक क्षमता बढाउनका लागि पनि चना र बदामलाई साथमा खानुहोस् । यसमा पाइने पोषक तत्वहरुले शरीरको रोग प्रतिरोधात्मक क्षमतालाइृ बढाउने काम गर्छ ।
त्यस्तै गर्भवती महिलाहरुका लागि पनि चना र मुंगफली बिहान खानु स्वस्थकर मानिन्छ । यसले आमा र बच्चा दुबैको स्वास्थ्यमा फाइदा पु¥याउँछ ।
चना र बदाममा आइरन भरपूर मात्रामा पाइन्छ । दुबैलाई साथमा खाँदा शरीरमा रगतको कमी पनि हुन पाउँदैन । चना र बदामको मिश्रण छालाका लागि पनि राम्रो मानिन्छ । यसमा एन्टीअक्सीडेन्ट गुण पाइन्छ, जसले फाइन लाइन्स र चाउरी पनाको समस्या कम गर्छ ।
साथमा यो हड्डी बलियो बनाउनका लागि पनि राम्रो डाइट हो । यो नास्तामा बालबालिकालाई पनि खुवाउन सकिन्छ । एजेन्सी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- यस्तो छ आज बिदेशी मुद्राको नेपाली मूल्य
- विष्णु पौडेलको गिरफ्तारीप्रति ओलीको आपत्ति, सरकारमाथि प्रतिशोधको आरोप
- हालान्ड चम्किँदा नर्वे विश्वकपको नकआउट चरणमा
- नगरकोटमा चक्कु प्रहारबाट एक युवकको मृत्यु, तीन जना पक्राउ
- आज पहाडी क्षेत्रमा पानी पर्ने, तराईमा तातो लहर
- प्रतिनिधि विवादले रास्वपाको बन्दसत्र भोलिसम्म स्थगित
- एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ
- बाजुरामा ब्रेक फेल हुँदा बस दुर्घटना, २४ जना घाइते



ट्रेन्डिङ
खबरमुकाम






