काठमाडौं । खानीखोला गाउँपालिका काभ्रेपलान्चोकको आयोजनामा ‘कामकुरो शीर्षकको चेतनामूलक सडक नाटक आदिइत्यादिले मञ्चन गरेको छ ।
नाटकको प्रदर्शन हिजो आइतबार माघ १४ गतेदेखि भएको हो । आज गाउँपलिकाको बालविकास मा.वि. खानीखोला–२ फलामेटारमा नाटक मञ्चन सम्पन्न भएको छ ।
पुरु लम्सालको लेखन तथा निर्देशन रहेको यस नाटकमा सुशीलसिंह ठकुरी, दीपमाला परियार, दिवाकर घिमिरे, सागर कार्की, शान्ति भट्टराई, प्रज्ज्वल अधिकारी र अन्जना दुलालको अभिनय रहेको छ ।
शिक्षा शाखा समन्वय समितिका प्रमुख तथा वडा न. ४ का वडा अध्यक्ष निसान मोक्ताङले भने, “हाम्रो समाजमा रहेका विकृति तथा विसंगतीहरु चिर्नका लागि नाटकले महत्वपूर्ण भूमिका खेलेको छ । यो नाटकले धेरै समसमायिक विषयबस्तुहरुलाई समेटेको छ । काठमाडौंबाट नजिकै भएपनि हाम्राे जिल्ला विकासका मामिलामा पछाडि परेको छ।”
उनले थपे, “हामीले अरु कसैलाई दोष दिन मिल्दैन । हामी गाउँमै बस्दैनौँ । यहाँ केही उत्पादन नै गर्दैनौँ । हाम्रो जग्गा जमिन बाँझो छ । हाम्रो गाउँठाउँ पछि पर्नुको मुख्य कारण हामी नै हो । त्यसैले पनि हामी पछाडि परेका हौँ । ”
मोक्ताङले यो नाटकले स्थानीय उत्पादनमा जोड दिनुपर्छ । विदेशमा गएर सिकेको सिपले गाउँमै बसेर केही गर्नुपर्छ, बालविवाह गर्नु हुँदैन । अभिभावकहरुले बच्चाहरुलाई समय दिनुपर्छ र साथै विद्यालयका शिक्षकको जिम्मेवारी के ? विद्यालयमा उनीहरुको भूमिका कस्तो हुन्छ ? शिक्षकले चाहे भने यो समाजलाई कसरी रुपान्तर गर्न सकिन्छ भन्ने सन्देश बोकेको बताए ।
नाटक खानीखोला गाउँपालिका भित्रका विभिन्न सामुदायिक विद्यालयहरुमा माघ १८ गतेसम्म मञ्चन हुनेछ ।





यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- इन्टर्न चिकित्सकको स्टाइपेन्ड माग्दै डिल्ली हरिजन आमरण अनशनमा
- ग्यास नपाएर नागरिकलाई हैरानी, कारबाहीको चेतावनी दिएर पन्छिदै सरकार
- स्वपहिचानका आधारमा लैङ्गिक पहिचान परिवर्तनसम्बन्धी विवादास्पद आदेश पुनरावलोकनका लागि सर्वोच्चको अनुमति
- जुलाईमा नेपाल भित्रिए ७१ हजार ७७५ विदेशी पर्यटक, कुन देशबाट कति आए ?
- सगरमाथा लुम्बिनी इन्स्योरेन्सद्वारा नेत्रहिन महिला संघलाई शैक्षिक सामाग्री हस्तान्तरण
- सांग्रिला डेभलपमेन्ट वैंकका ग्राहक र कर्मचारीले ट्रांक्यूलिटि स्पामा छुट पाउने
- भ्रामक र आधारहीन समाचारप्रति प्रभु बैंकको आपत्ति
- नबिल बैंकले एजुकेशन हबमार्फत शैक्षिक कर्जा, वित्तीय परामर्श र बैंकिङ सहायता उपलब्ध गराउने

ट्रेन्डिङ
खबरमुकाम







