सुनसरी । पछिल्लो समय प्रतिस्पर्धा र एकअर्कालाई अपांग बनाउँदै कसरी अगाडि बढ्ने भन्ने कारण समाज दुःखी भएको अवस्थामा राजनीतिक नेतृत्वले आध्यात्मिक शिक्षा लिएर समृद्ध समाज निर्माणमा लाग्नु पर्ने नेकपा एमालेकी सांसद भगवती चौधरीले बताएकी छिन् । धर्मको डर नराखी अगाडि बढ्नका लागि सामाजिक सहिष्णुता र राजनीतिक नेतृत्व कायम गर्न आध्यात्मिक शिक्षा आवश्यक रहेको उनले बताइन् ।
गृह जिल्ला सुनसरी, दुहबी नगरपालिका वडा नं ८ मा सन्त कविर गुरु रविदास आश्रमको शिलान्यास गर्दै चौधरीले विश्वमा धार्मिक आस्था भएका व्यक्तिले साम्प्रदायिकता फैलाउन सक्ने खालको तिक्तता हटाउन हरेक नेतामा आध्यात्मिक चेतना हुनुपर्ने बताइन् ।
उनले भनिन्, “अर्कोलाई क्षेत्रको जिम्मा लिन तयार ’भ्रष्ट समाज र प्रतिस्पर्धालाई सामान्य अवस्थामा ल्याउन धार्मिक साम्प्रदायिकताविना सबैको आस्थालाई सम्मान गर्दै राजनीतिक नेतृत्वबाट आध्यात्मिक शिक्षा लिनुपर्छ ।” आध्यात्मिक शिक्षाका लागि सत्य बोल्न प्रेरित गर्नुपर्ने उनको भनाई छ ।
उनले हरेक गाउँ र क्षेत्रमा आध्यात्मिक संस्था, मन्दिर, अध्यात्म विद्यालय आवश्यक रहेको बताउँदै जनतालाई सही बाटोमा हिँड्न प्रेरित गर्ने बताइन् । । आज धेरै विकसित मुलुकमा धार्मिक संगठन राजनीतिक रूपमा अगाडि बढिरहेको भन्दै चौधरीले समाज र देशलाई सकारात्मक बनाउन धर्मगुरुले पनि भूमिका खेल्नुपर्ने बताइन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- राष्ट्रिय वाणिज्य बैंकको कर्पोरेट शाखामा सन्ध्याकालीन काउण्टर सेवा
- यी कलाकारले सेप्टेम्बर २५ मा कोरिया गुञ्जाउने
- सुशासनको नारामाथि प्रश्नः अख्तियारको छानबिनमा रहेका कालाखेतीलाई नेपाल एयरलाइन्सको नेतृत्व
- विदेशमा कार्यरत नेपालीको सामूहिक बचतबाट सुरु भएको बीजी ग्रुप सेयर बजारमा आउने तयारीमा
- काठमाडौंमा हुँदैछ PMGO South Asia Finals 2026, दर्शकका लागि पनि विशेष एक्सपेरियन्स जोन
- अन्तर्राष्ट्रिय पब्जी मोबाइल प्रतियोगिताको आधिकारिक इन्टरनेट साझेदार बन्यो भायानेट
- बाढी–पहिरो प्रभावित ४०० परिवारलाई ११ लाख रुपैयाँ बराबरको राहत
- रसुवाको भोटेकोशी बाढीः ४ हजारभन्दा बढी बेपत्ता, ९ हजार २८७ जनाको उद्धार


ट्रेन्डिङ
खबरमुकाम






