वालिङ । स्याङ्जामा दुई हजार दुई सय हेक्टर क्षेत्रफलमा सुन्तला खेती गरिँदै आएको छ । जिल्लाका एघार स्थानीय तहमध्ये नौ स्थानीय तहमा व्यावसायिक सुन्तला खेती हुँदै आएको छ । चापाकोट नगरपालिका र कालीगण्डकी गाउँपालिकाबाहेक अन्य स्थानीय तहमा व्यावसायिकरुपमा सुन्तला खेती गरिएको छ । जिल्लामा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाइअन्तर्गत सुन्तला सुपरजोन सञ्चालनमा रहेको छ ।
सुपरजोन सञ्चालनमा आएसँगै जिल्लाका विभिन्न स्थानीय तहमा सुन्तला बगैँचा फैलिँदै गएको सुन्तला सुपरजोन परियोजनाका वरिष्ठ कृषि अधिकृत माधवप्रसाद लम्सालले जानकारी दिए । उनका अनुसार सबैभन्दा बढी पुतलीबजार नगरपालिकामा सुन्तला उत्पादन हुने गरेको छ । यहाँ आठ सय ५० हेक्टर क्षेत्रफलमा सुन्तला बगैँचा फैलिएको लम्सालले जानकारी दिए ।
उनका अनुसार भिरकोटमा तीन सय ५०, वालिङमा दुई सय ४० र गल्याङ नगरपालिकामा एक सय ३० हेक्टर तथा अर्जुनचौपारी गाउँपालिकामा दुई सय ७०, बिरुवामा एक सय ५५, आँधीखोलामा एक सय २५, हरिनासमा ४५ हेक्टर र फेदीखोला गाउँपालिकामा ३५ हेक्टर क्षेत्रफलमा सुन्तला बगैँचा रहेको छ ।
जिल्लाका विभिन्न स्थानीय तहमा फैलिएको दुई हजार दुई सय हेक्टर क्षेत्रफलमध्ये उत्पादनशील बगैँचाको क्षेत्रफल ६० प्रतिशत अर्थात् एक हजार तीन सय २० हेक्टर क्षेत्रफल रहेको परियोजनाका वरिष्ठ कृषि अधिकृत लम्सालले जानकारी दिए । “हाल सुन्तला बगैँचा रहेको क्षेत्रफलमध्ये एक हजार तीन सय २० अर्थात् ६० प्रतिशत क्षेत्रफलमा मात्रै सुन्तला उत्पादन हुँदै आएको छ”, उनले भने, “६० प्रतिशतले उत्पादन दिँदा ४० प्रतिशत अर्थात् आठ सय ८० हेक्टर क्षेत्रफलमा सुन्तलाका बेर्ना मात्रै छन् ।”
स्याङ्जामा चालु आर्थिक वर्षमा प्रतिहेक्टरमा १४ दशमल ४६ मेट्रिक टन सुन्तला उत्पादन भएको हो । यस आवमा स्याङ्जामा १९ हजार ८७ दशमलव २ मेट्रिक टन सुन्तला उत्पादन भएको लम्सालले जानकारी दिए । “यहाँ उत्पादन भएकोमध्ये ९० प्रतिशत अर्थात् १७ हजार एक सय ७८ दशमलव ४८ मेट्रिक टन सुन्तला बिक्रीयोग्य छ”, उनले भने, “बाँकी रहेको १० प्रतिशत अर्थात् एक हजार नौ सय आठ दशमलव ७२ मेट्रिक टन आन्तरिक खपत हुने गरेको छ ।”
एघार वर्षदेखि १५ वर्षे बोटको औसत उत्पादन धेरै रहेको भन्दै त्यस्ता बोटबाट प्रतिबोट औसतमा ७९ दशमलव छ केजी सुन्तला फल्ने गरेको कृषि अधिकृत लम्सालले जानकारी दिए । पाँचदेखि १० वर्षको बोटबाट प्रतिबोट २० केजी, १६ वर्षभन्दा माथिका बोटबाट प्रतिबोट ४५ केजी सुन्तला फल्ने उनले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- राष्ट्रिय वाणिज्य बैंकको कर्पोरेट शाखामा सन्ध्याकालीन काउण्टर सेवा
- यी कलाकारले सेप्टेम्बर २५ मा कोरिया गुञ्जाउने
- सुशासनको नारामाथि प्रश्नः अख्तियारको छानबिनमा रहेका कालाखेतीलाई नेपाल एयरलाइन्सको नेतृत्व
- विदेशमा कार्यरत नेपालीको सामूहिक बचतबाट सुरु भएको बीजी ग्रुप सेयर बजारमा आउने तयारीमा
- काठमाडौंमा हुँदैछ PMGO South Asia Finals 2026, दर्शकका लागि पनि विशेष एक्सपेरियन्स जोन
- अन्तर्राष्ट्रिय पब्जी मोबाइल प्रतियोगिताको आधिकारिक इन्टरनेट साझेदार बन्यो भायानेट
- बाढी–पहिरो प्रभावित ४०० परिवारलाई ११ लाख रुपैयाँ बराबरको राहत
- रसुवाको भोटेकोशी बाढीः ४ हजारभन्दा बढी बेपत्ता, ९ हजार २८७ जनाको उद्धार


ट्रेन्डिङ
खबरमुकाम






