काठमाडौँ । ललितपुरस्थित ग्वार्कोमा फ्लाइ ओभरको काम धमाधम भइरहेको छ । निर्माण सुरु भएको झन्डै एक वर्षपछि फ्लाइ ओभरको डिजाइनमा समस्या रहेको भन्दै केही समयअघि काम रोकिएको थियो । करिब ६ महिनाअघि डिजाइन सच्याएर निर्माण अहिले तीव्रताका साथ अघि बढिरहेको हो ।
गत वर्ष माघबाट निर्माण सुरु हुने भनिएको भए पनि डिजाइन स्वीकृतमा ढिलाइ हुँदा फागुनबाट निर्माण कार्य सुरु भएको हो । निर्माण कम्पनीले पेस गरेको डिजाइन केही करेक्सन गरेर विभागले माघमा स्वीकृत गरेपछि फ्लाइ ओभरको निर्माण कार्यसुरु भएको थियो ।
अहिले ग्वार्कोस्थित मेन चोकमा पिलर उठाउने काम भइरहेको छ । निर्माणको जिम्मा पाएको आरसी, समानान्तर र रेलिग्रेले फ्लाईओभरको लागि वीएन्डवी अस्पतालबाट बालकुमारीसम्म र्याम उठाएर फ्लाइओभर निर्माण गर्ने योजना लिएको छ ।
कम्पनीले एमएसी वालको प्रयोग गरी ६ मिटरको पिल्लर निर्माण गरेर उचाइको फ्लाइओभर तयार गर्ने योजना बनाएको छ। फ्लाइओभरको लम्बाई कुल ४ सय ९० मिटर हुने छ ।
बालकुमारीतर्फबाट दुई सय ८० मिटर लामो र्याम र सातदाेबाटोतर्फबाट एक सय ७५ मिटर लम्बाइको र्याम निर्माण गरिँदैछ । यसको उचाइ ६ मिटरको हुनेछ । हाल ८ लेनमध्ये ४ लेनलाई उठाएर रिङ रोडमा फ्लाइओभर निर्माण गरिँदैछ । यो फ्लाइ ओभरले रिङरोडको जाम हटाउन सहयोग पुग्नेछ ।
जसअनुसार उक्त फ्लाइओभरले कलङ्की–कोटेश्वर सडक खण्डको सवारी फ्लाइओभरबाट र ग्वार्को–लामाटार र ग्वार्को–पाटनको सवारी ओभर पासको सडक खण्डबाट गुड्ने छन् । फ्लाइ ओभर निर्माणको लागत कुल १७ करोड ६८ लाख रुपैयाँ रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- राष्ट्रिय वाणिज्य बैंकको कर्पोरेट शाखामा सन्ध्याकालीन काउण्टर सेवा
- यी कलाकारले सेप्टेम्बर २५ मा कोरिया गुञ्जाउने
- सुशासनको नारामाथि प्रश्नः अख्तियारको छानबिनमा रहेका कालाखेतीलाई नेपाल एयरलाइन्सको नेतृत्व
- विदेशमा कार्यरत नेपालीको सामूहिक बचतबाट सुरु भएको बीजी ग्रुप सेयर बजारमा आउने तयारीमा
- काठमाडौंमा हुँदैछ PMGO South Asia Finals 2026, दर्शकका लागि पनि विशेष एक्सपेरियन्स जोन
- अन्तर्राष्ट्रिय पब्जी मोबाइल प्रतियोगिताको आधिकारिक इन्टरनेट साझेदार बन्यो भायानेट
- बाढी–पहिरो प्रभावित ४०० परिवारलाई ११ लाख रुपैयाँ बराबरको राहत
- रसुवाको भोटेकोशी बाढीः ४ हजारभन्दा बढी बेपत्ता, ९ हजार २८७ जनाको उद्धार


ट्रेन्डिङ
खबरमुकाम






