काठमाडौं । मानव बेचबिखन मुद्दाका फरार प्रतिवादी धादिङ मेत्रावती गाउँपालिका–२ स्थायी वतन भएका ५७ वर्षीय वीर बहादुर तामाङलाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।
पीडितलाई ब्रुनाई पठाईदिने भन्दै झुक्याई २०४७ चैत ३ गते काठमाडौंबाट काकरभिट्टा हुँदै पश्चिम बंगालको बागडोग्रा भन्ने स्थानमा पु¥याई भारतीय नागरीकलाई बेचबिखन गरेको कसूरमा संलग्न रही फरार रहेका उनलाई मानव बेचबिखन अनुसन्धान व्यरो बबरमहलबाट खटिएको प्रहरीले ललितपुर महानगरपालिका–१४ तिखेदेवलबाट पक्राउ गरेको हो ।
उनले पीडितको श्रीमान ब्रुनाईमा रोजगारीमा रहेको बेलामा श्रीमानले ब्रुनाई ल्याईदिनु भनि मलाई चिठ्ठी पठाएका छन भनि झुक्याई काठमाडौंबाट काकरभिट्टा हुँदै भारतको पश्चिम बंगालस्थित बागडोग्रा भन्ने शहरमा पु¥याई अनजान व्यक्तिको घरमा अपरीचित भारतीय नागरिकहरुको जिम्मामा छोडी गएको, भारतीय नागरिकहरुबाट भारतीय रुपैयाँ १० हजार लिई पीडितलाई बेचबिखन गरेको र भारतीय नागरिकहरुले पीडितलाई रिक्सामा राखी लैजाने क्रममा पीडित रिक्साबाट हाम फाली भारतीय प्रहरीको सम्पर्कमा गएपश्चात उनीहरुले काकरभिट्टा ल्याई छोडीदिएको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ ।
घटनामा संलग्न अन्य व्यक्तिको खोजी गर्नुका साथै प्रहरीले उनी उपर जिल्ला अदालत काठमाडौंबाट ३ दिन म्याद थप गरी आवश्यक अनुसन्धान गरिरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- राष्ट्रिय वाणिज्य बैंकको कर्पोरेट शाखामा सन्ध्याकालीन काउण्टर सेवा
- यी कलाकारले सेप्टेम्बर २५ मा कोरिया गुञ्जाउने
- सुशासनको नारामाथि प्रश्नः अख्तियारको छानबिनमा रहेका कालाखेतीलाई नेपाल एयरलाइन्सको नेतृत्व
- विदेशमा कार्यरत नेपालीको सामूहिक बचतबाट सुरु भएको बीजी ग्रुप सेयर बजारमा आउने तयारीमा
- काठमाडौंमा हुँदैछ PMGO South Asia Finals 2026, दर्शकका लागि पनि विशेष एक्सपेरियन्स जोन
- अन्तर्राष्ट्रिय पब्जी मोबाइल प्रतियोगिताको आधिकारिक इन्टरनेट साझेदार बन्यो भायानेट
- बाढी–पहिरो प्रभावित ४०० परिवारलाई ११ लाख रुपैयाँ बराबरको राहत
- रसुवाको भोटेकोशी बाढीः ४ हजारभन्दा बढी बेपत्ता, ९ हजार २८७ जनाको उद्धार


ट्रेन्डिङ
खबरमुकाम






