काठमाडौँ । नेपालको भौगोलिक अवस्थाका कारण एक ठाउँका लागि गरिएको विपद् व्यवस्थापनको पूर्वतयारी अर्काे स्थानमा नमिल्ने भएकाले फरकफरक क्षेत्रअनुसारको तयारी आवश्यक देखिएको छ ।
गृह मन्त्रालयअन्तर्गत रहेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले तराईका लागि गरिएको पूर्वतयारी पहाड तथा हिमालका लागि नमिल्ने र हिमालमा गरिएको तयारी तराई तथा पहाडी क्षेत्रमा नमिल्ने भएकाले भौगोलिक अवस्था र क्षेत्रअनुसारको तयारी गर्नुपर्ने आवश्यकता देखिएको जनाएको छ ।
अहिले जाजरकोट भूकम्पबाट प्रभावितको अवस्था हेर्ने हो भने तराई तथा पहाडमा यसअघिका विपद्मा प्रयोग भएका त्रिपालले राम्रो काम नगरेको भन्दै अत्याधिक चिसोका कारण सोही अनुसारको राहत सामग्री र आवास जरुरी रहेको महसुस गरिएकाले कार्यविधि परिवर्तन गरेर भौगोलिक अवस्था अनुसार विपद्को तयारी गर्न लागिएको प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले बताए । काम गर्दै जाँदा धेरै नयाँ कुरा सिक्ने अवसर पाइएको भन्दै क्षेत्र अनुसार विपद्को तयारी गर्नुपर्ने देखिएकाले प्राधिकरण कार्यविधि परिमार्जन गर्नेतर्फ लागेको उनले बताए ।
“चिसो क्षेत्रमा त्यसलाई थेग्ने गरी नै तयारी गर्नुपर्छ भने गर्मी क्षेत्रमा सोही अनुसारका विपद् व्यवस्थापन जरुरी छ । त्यसका लागि आवश्यक गृहकार्य सुरु भइसकेको छ”, पोखरेलले भने, “भौगोलिक क्षेत्र अनुसार तयार पारिएका राहत सामग्री व्यवस्थापन गर्नुपर्ने हुन्छ । प्राधिकरण अब सोहीअनुसार काम गर्ने तयारीमा जुटेको छ ।” उनले विपद् व्यवस्थापनमा पालिकाको जिम्मेवारी धेरै रहेकाले पालिकाले अझै सक्रियता देखाउनुपर्नेमा जोड दिए ।
यसपाली जाजरकोट भूकम्पमा परेकालाई भौगोलिक क्षेत्र अनुसारको राहत सामग्री नहुँदा चिसोका कारण धेरैले ज्यान गुमाएका छन् । सामान्य पहाड तथा तराईमा प्रयोग हुने त्रिपाल सुरुवाती चरणमा राहतस्वरुप जाजरकोट भूकम्पमा पुगेका थिए । ती त्रिपालले चिसो थेग्न नसक्दा सुत्केरी, महिला, बालबालिका र बुढाबुढी प्रभावित भएका थिए । त्रिपालबाट पानी चुहिएर बिहान सबै सामान भिज्ने गरेको पीडतहरुले अनुभव सुनाएका थिए । सोही कारण प्राधिकरणले क्षेत्र अनुसारका राहत सामग्री व्यवस्थापन गर्नुपर्ने निष्कर्षका साथ कर्याविधि परिमार्जन गर्न लागेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- राष्ट्रिय वाणिज्य बैंकको कर्पोरेट शाखामा सन्ध्याकालीन काउण्टर सेवा
- यी कलाकारले सेप्टेम्बर २५ मा कोरिया गुञ्जाउने
- सुशासनको नारामाथि प्रश्नः अख्तियारको छानबिनमा रहेका कालाखेतीलाई नेपाल एयरलाइन्सको नेतृत्व
- विदेशमा कार्यरत नेपालीको सामूहिक बचतबाट सुरु भएको बीजी ग्रुप सेयर बजारमा आउने तयारीमा
- काठमाडौंमा हुँदैछ PMGO South Asia Finals 2026, दर्शकका लागि पनि विशेष एक्सपेरियन्स जोन
- अन्तर्राष्ट्रिय पब्जी मोबाइल प्रतियोगिताको आधिकारिक इन्टरनेट साझेदार बन्यो भायानेट
- बाढी–पहिरो प्रभावित ४०० परिवारलाई ११ लाख रुपैयाँ बराबरको राहत
- रसुवाको भोटेकोशी बाढीः ४ हजारभन्दा बढी बेपत्ता, ९ हजार २८७ जनाको उद्धार


ट्रेन्डिङ
खबरमुकाम






