काठमाडौं । प्रहरीले ‘तपस्वी’ रामबहादुर बम्जनको घरबाट तीन करोडभन्दा बढी नगद रकम बरामद गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोलीले उनलाई पक्राउ गरेपछि घर खानतलासी गरेको थियो ।
उनको घरबाट सीआईबीको टोलीले तीन करोडभन्दा बढी रकम बरामद गरेको सीआईबीको प्रमुख एआईजी किरण बज्राचार्यले जानकारी दिइन् ।
उनको घरबाट प्रहरीले विभिन्न ब्रान्डका १५ थान मोबाइल समेत बरामद गरेको छ । सीआईबीको टोलीले उनलाई मंगलबार बूढानीलकण्ठको हात्तिगौंडाबाट पक्राउ गरेको थियो ।
पक्राउ परेका बम्जनलाई आजै जिल्ला प्रहरी कार्यालय सर्लाही पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।
बम्जनमाथि पहिलोपटक सर्लाही अदालतले २०७६ माघमा पक्राउपुर्जी जारी गरेको थियो । उनीमाथि २०७३ मा आश्रममा आएका तीन युवतीलाई प्रलोभनमा पारेर यौनशोषण र बलात्कारपछि बेपत्ता पारेको आरोप छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- राष्ट्रिय वाणिज्य बैंकको कर्पोरेट शाखामा सन्ध्याकालीन काउण्टर सेवा
- यी कलाकारले सेप्टेम्बर २५ मा कोरिया गुञ्जाउने
- सुशासनको नारामाथि प्रश्नः अख्तियारको छानबिनमा रहेका कालाखेतीलाई नेपाल एयरलाइन्सको नेतृत्व
- विदेशमा कार्यरत नेपालीको सामूहिक बचतबाट सुरु भएको बीजी ग्रुप सेयर बजारमा आउने तयारीमा
- काठमाडौंमा हुँदैछ PMGO South Asia Finals 2026, दर्शकका लागि पनि विशेष एक्सपेरियन्स जोन
- अन्तर्राष्ट्रिय पब्जी मोबाइल प्रतियोगिताको आधिकारिक इन्टरनेट साझेदार बन्यो भायानेट
- बाढी–पहिरो प्रभावित ४०० परिवारलाई ११ लाख रुपैयाँ बराबरको राहत
- रसुवाको भोटेकोशी बाढीः ४ हजारभन्दा बढी बेपत्ता, ९ हजार २८७ जनाको उद्धार


ट्रेन्डिङ
खबरमुकाम






