काठमाडौं । जाडोमा छाला एकदमै रुखो र मरेतुल्य हुने गर्छ । छालालाई मुलायम, चम्किलो राख्नका लागि तपाईं बाहिरका खराब सामग्री तथा रसायनयुक्त उत्पादनहरुको प्रयोग नगर्नुहोस् । छालालाई स्वस्थ राख्नका लागि केराको बोक्राको पनि प्रयोग गर्न सकिन्छ ।
केराको बोक्रामा पाइने पोषक तत्वहरुले छालालाई पोषण दिएर स्वस्थ राख्ने गर्छ । यदी छालामा चाउरीपना आउन थालेको छ भने पनि केराको बोक्राको प्रयोग उपयोगी हुन्छ ।
छालाका विभिन्न समस्याका लागि तपाईं केराको बोक्रालाई सिधै छालामा रगडेर केहीबेर मालिस गर्न सक्नुहुन्छ । यसले अनुहार चम्किलो पनि बनाउँछ ।
यदी आँखाको वरिपरि सुन्निएको छ भने पनि केराको बोक्रालाई आँखा बन्द गरेर आँखामाथि केहीबेर राख्नुहोस् । केराको बोक्राको पेस्ट बनाएर लगाउँदा पनि कालो दाग, धब्बा आदिबाट छुट्कारा पाउन सकिन्छ ।
छालालाई हाइड्रेट राखेर चम्किलो बनाउनका लागि पनि केराको बोक्राको प्रयोग गर्न सकिन्छ ।
त्यस्तै केराको बोक्रा, मह, दहीको पेस्ट बनाएर तपाईं फेसमास्क बनाएर पनि लगाउन सक्नुहुन्छ । यसरी छालाका विभिन्न समस्याबाट छुट्कारा पाउन सकिन्छ ।
यसका लागि तपाईंले नियमित रुपमा यसको प्रयोग गर्नुपर्ने हुन्छ । एजेन्सी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- राष्ट्रिय वाणिज्य बैंकको कर्पोरेट शाखामा सन्ध्याकालीन काउण्टर सेवा
- यी कलाकारले सेप्टेम्बर २५ मा कोरिया गुञ्जाउने
- सुशासनको नारामाथि प्रश्नः अख्तियारको छानबिनमा रहेका कालाखेतीलाई नेपाल एयरलाइन्सको नेतृत्व
- विदेशमा कार्यरत नेपालीको सामूहिक बचतबाट सुरु भएको बीजी ग्रुप सेयर बजारमा आउने तयारीमा
- काठमाडौंमा हुँदैछ PMGO South Asia Finals 2026, दर्शकका लागि पनि विशेष एक्सपेरियन्स जोन
- अन्तर्राष्ट्रिय पब्जी मोबाइल प्रतियोगिताको आधिकारिक इन्टरनेट साझेदार बन्यो भायानेट
- बाढी–पहिरो प्रभावित ४०० परिवारलाई ११ लाख रुपैयाँ बराबरको राहत
- रसुवाको भोटेकोशी बाढीः ४ हजारभन्दा बढी बेपत्ता, ९ हजार २८७ जनाको उद्धार


ट्रेन्डिङ
खबरमुकाम






