काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडले वार्षिकोत्सवको अबसरमा डिजिटल भुक्तानीमा प्रोत्साहन गर्न विभिन्न योजना सार्वजनिक गरेको छ ।
पहिलो योजनाअनुसार बैंकले टपअप मा टपअप धमाका सार्वजनिक गरेको छ । यस योजनामा बैंकको मोवाईल बैंकिङ्गमार्फत २०० रुपैयाँ वा सोभन्दा बढीको टपअप कारोवार गर्दा दैनिक १८ जनाग्राहकले लक्की–ड्र मार्फत २०० रुपैयाँको टपअप प्राप्त गर्नेछन् । यो योजना २०८० पौष १९ गते देखि २५ गते सम्मका लागि रहने बैंकले जनाएको छ ।
दोश्रो योजनाअनुसार बिजुली र ईन्टरनेटको बिल भुक्तानी गर्ने ग्राहकलाई लक्षित गरेर अर्को योजना सार्वजनिक गरेको छ । यस योजनामा बैंकको मोवाईल बैंकिङ्गमार्फत हाल सम्मबिजुली र ईन्टरनेटको विल भुक्तानी नगरेका ग्राहकहरुले पहिलो पटक बिल भुक्तानी गरेमा नयाँ कारोवार गर्ने ग्राहकले भुक्तानी रकमको ५ प्रतिशत वा अधिकतम ५० रुपैयाँसम्म प्राप्त गर्न सक्नेछन् ।
पहिले देखि विल भुक्तानी गरिरहेका ग्राहकहरुले यस अवधिमा पुनः भुक्तानी गरेमा त्यस ग्राहकमध्ये बिजुलीको विल अन्तर्गत १ जना र ईन्टरनेट विलअन्तर्गत १ जनाग्राहकले लक्की–ड्र मार्फत ५ महिना सम्मको विल भुक्तानी वा अधिकतम पाँच हजार रुपौयँसम्म प्राप्तगर्न सक्नेछन । यो योजना २०८० पौष १९ गते देखि माघ १९ गते सम्मका लागि हुने बैंकले जनाएको छ ।
तेश्रो योजनाअनुसार बैंकको क्यूआर मर्चेन्ट भई कुनै पनि कारोवार क्यूआर मार्फत प्राप्तनगरेको मर्चेन्टहरुले यस अवधिमा एक पटक वा पटक पटक गरी पाँच रुपैयाँसम्मको कारोवार रकम क्यूआर मार्फत प्राप्त गरेमावालिएमा त्यस ग्राहकमध्ये ५ जनाग्राहकले लक्की–ड्र मार्फत भिजा नेटवर्क प्राप्त गर्नेछन् । यो योजना २०८० पौष १९ गते देखि माघ १९ गते सम्मका लागि हुने बैंकले जनाएको छ ।
यस विकास बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न भिसा नेटवर्क अन्तर्गतको जुन सुकै बैंकको एटिएम बाट विना कुनै शुल्क रकम झिक्न सकिने व्यवस्था गरिएको छ । त्यसै गरी मोबाईल बैंकिङ्ग, क्यूआर कोड स्क्यान, अनलाईन कर्जा आवेदन, अनलाईन खाता खोल्ने, ईन्टरनेट बैंकिङ्ग, खाता मै रेमिट्यान्स जम्मा आदि जस्ता कार्यहरु बैंकको शाखामा उपस्थित नभई घरबाट गर्न सकिने व्यवस्था गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- नाडाद्वारा बाढीपीडितका लागि राहत सामग्री वितरण, उद्धार कोषमा १० लाख सहयोग
- रुकुम पश्चिममा २१ मेगावाटको जल्दीगाड जलविद्युत आयोजना निर्माण हुने
- सामसङ नेपालको दशैं–तिहार अफर : दैनिक ३१ र साप्ताहिक ८ जनाले उपहार जित्ने
- सिटिजन्स बैंकको सुदूरपश्चिममा रणनीतिक समीक्षा कार्यक्रम सम्पन्न
- राष्ट्रिय वाणिज्य बैंकको कर्पोरेट शाखामा सन्ध्याकालीन काउण्टर सेवा
- यी कलाकारले सेप्टेम्बर २५ मा कोरिया गुञ्जाउने
- सुशासनको नारामाथि प्रश्नः अख्तियारको छानबिनमा रहेका कालाखेतीलाई नेपाल एयरलाइन्सको नेतृत्व
- विदेशमा कार्यरत नेपालीको सामूहिक बचतबाट सुरु भएको बीजी ग्रुप सेयर बजारमा आउने तयारीमा


ट्रेन्डिङ
खबरमुकाम






