काठमाडौं । सगरमाथा इन्स्योरेन्स कम्पनी लिमिटेडले लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशमा कार्यरत कर्मचारीहरुको पेशागत दक्षता अभिवृद्धिका लागि प्रशिक्षण कार्यक्रम (In House Training) सम्पन्न गरिएको छ । कम्पनीले लुम्बिनी प्रदेश स्थित बर्दिया जिल्लामा यहि २०८० साल पौष महिनाको ९ र १० गते आयोजना गरिएको कार्यक्रममा ६५ जना भन्दा बढी कर्मचारीहरुको उपस्थिती थियो ।
कम्पनीले आफ्ना कर्मचारीको पेशागत क्षमता बढाउने उद्देश्यका साथ उक्त कार्यक्रम आयोजना गरेको जनाएको छ । कम्पनीका संचालक गजेन्द्र लाल श्रेष्ठज्यूको प्रमुख आतिथ्यमा सम्पन्न प्रशिक्षण कार्यक्रममा मार्केटिङ, अण्डरराईटिङ, दावी, मानव संसाधन, ब्राण्डिङ र ग्राहक सेवा लगायतका बिषयहरुमा प्रस्तुतिकरण दिइएको थियो । प्रशिक्षण कार्यक्रममा नायव प्रमुख कार्यकारी अधिकृत बरिष्मा साउद आचार्य, प्रदेश प्रमुख, र विभागिय प्रमुखहरुले आ–आफ्नो प्रस्तुतिकरण दिएका थिए ।
उक्त प्रशिक्षण कार्यक्रमले कर्मचारिहरुमा ज्ञान र नविन उत्साहको सञ्चार भएको सहभागीहरुले प्रतिक्रिया दिएका छन् । मर्जर सँगै सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीले बजार बिस्तारका साथै कर्मचारीहरुको क्षयमता अभिबृद्धिलाई समेत प्राथमिकता दिएको देखिन्छ । बजार बिस्तारमा सबै भन्दा ठूलो भूमिका कर्मचारीहरुकै हुने तथ्यलाई मध्यनजर राखि प्रदेश स्तरका कर्मचारीलाई दक्ष बनाउने रणनीतिका साथ प्रशिक्षण कार्यक्रम सभ्य र भव्य रुपमा सम्पन्न भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- बागलुङमा बाढीपहिरोमा मृत्यु हुनेको सङ्ख्या १२ पुग्यो, एक बेपत्ता
- बागलुङमा पहिरोमा परी १० जनाको मृत्यु, एक बेपत्ता
- गाउँबाट धामसम्मको यात्राः जगतगुरु शिवशक्ति बाबाले बदलेको जातेको धार्मिक पहिचान
- नारायणी र रिउ खोलामा जलसतह खतराभन्दा माथि, तटीय क्षेत्रमा उच्च जोखिम
- पाल्पामा पहिरोमा परी दुई जनाको मृत्यु, तीन बेपत्ता
- आजदेखि सुरु भयो सोह्र श्राद्ध, पितृ पक्षमा गरिन्छ तर्पण र पिण्डदान
- पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पक्राउ
- हिमालयन एभरेस्ट इन्स्योरेन्स बन्यो दोस्रो नेपाल इन्स्योरेन्स फुटसल कपको च्याम्पियन



ट्रेन्डिङ
खबरमुकाम





