वालिङ । कानुन न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले नेतृत्वको बोलीबाट नभई नागरिकले कामबाट परिवर्तन खोजेको बताएका छन् ।
स्याङ्जाको चापाकोट नगरपालिकाले आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविरको आज बिहान चापाकोट–६ मोहमीस्थित साँखर स्वास्थ्य चौकीमा आयोजित कार्यक्रममा उनले भने, “बोलीबाट नभई नागरिकलाई कामबाट नतिजा दिनुपर्छ”, उनले भने, “नेतृत्वको परीक्षण कामको मूल्याङ्कनबाट गर्ने भएकाले परिणाम आउने गरी काममा ध्यान दिनु जरुरी छ ।”
छोटो सम्बोधन गरेका मन्त्री गुरुङले स्थानीय सरकारका रुपमा चापाकोट नगरपालिकाले गाउँ–गाउँका नागरिकलाई लक्षित गरी वडा–वडामा विशेषज्ञसहितको स्वास्थ्य सेवाको पहुँच पुर्याएर नागरिकको स्वास्थ्यप्रति सचेत रहेको बताए ।
स्याङ्जाको चापाकोट नगरपालिकाले प्रत्येक वडामा पुगेर नागरिकको स्वास्थ्य परीक्षण गर्न सुरु गरिएको छ । नगरवासीलाई आफ्नै ठाउँमा आधारभूत स्वास्थ्य सेवाको पहुँच पुर्याउने मुख्य उद्देश्यसहित आजबाट निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको नगरप्रमुख देवबहादुर खाणले बताए ।
आज वडा नं ६ को साँखर स्वास्थ्य चौकीबाट सुरु भएको स्वास्थ्य शिविर पुस २७ गते वडा नं ९ को चापाकोट अस्पतालमा आएर सकिने छ । वडामा रहेका स्वास्थ्य चौकी तथा स्वास्थ्य सेवा केन्द्रबाट चिकित्सकसहितको स्वास्थ्यकर्मीको टोलीले सेवा दिने भएको हो ।
शिविरमा विशेषगरी निःशुल्क स्वास्थ्य जाँच, भिडियो एक्सरे, इसिजी, परिवार नियोजन, आँखा परीक्षण, दन्त परीक्षण, प्रयोगशाला र पाठेघरको मुखको क्यान्सर परीक्षण गरिने भएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- राष्ट्रिय वाणिज्य बैंकको कर्पोरेट शाखामा सन्ध्याकालीन काउण्टर सेवा
- यी कलाकारले सेप्टेम्बर २५ मा कोरिया गुञ्जाउने
- सुशासनको नारामाथि प्रश्नः अख्तियारको छानबिनमा रहेका कालाखेतीलाई नेपाल एयरलाइन्सको नेतृत्व
- विदेशमा कार्यरत नेपालीको सामूहिक बचतबाट सुरु भएको बीजी ग्रुप सेयर बजारमा आउने तयारीमा
- काठमाडौंमा हुँदैछ PMGO South Asia Finals 2026, दर्शकका लागि पनि विशेष एक्सपेरियन्स जोन
- अन्तर्राष्ट्रिय पब्जी मोबाइल प्रतियोगिताको आधिकारिक इन्टरनेट साझेदार बन्यो भायानेट
- बाढी–पहिरो प्रभावित ४०० परिवारलाई ११ लाख रुपैयाँ बराबरको राहत
- रसुवाको भोटेकोशी बाढीः ४ हजारभन्दा बढी बेपत्ता, ९ हजार २८७ जनाको उद्धार


ट्रेन्डिङ
खबरमुकाम






