बैंकक । दक्षिणी थाइल्यान्डमा बाढीबाट कम्तीमा छ जनाको मृत्यु र हजारौँ घरबारविहीन भएको अधिकारीहरूले बुधबार बताएका छन् ।
डिसेम्बर २२ देखि आएको बाढीले सातुन, सोङ्ख्ला, पट्टानी, याला र नाराथिवाट प्रान्तमा ७० हजारभन्दा धेरै घरमा क्षति पुगेको क्षेत्रीय अधिकारीहरूले बताएका छन् ।
नाराथिवाटमा ८९ वर्षीया महिला र एक बालकसहित छ जनाको मृत्यु भएको प्रान्तीय उपगभर्नर प्रिचा नुआलनोईले बताए ।
उनका अनुसार धेरै दिनको भीषण वर्षापछि अर्का एक व्यक्ति बेपत्ता भएका छन् । वर्षाका कारण बाढीको पानीको सतह केही स्थानमा करिब तीन मिटरको उचाइसम्म बढेको छ ।
स्थानीय मिडिया फुटेजमा सडक हिलो र बाढीले डुबेको तथा बासिन्दाहरूले छतमा शरण लिइरहेको तस्बिर देखाइएको छ । राहत टोलीहरूले बोतलबन्द पानी र खाजा वितरण गर्न तथा क्षति वा हताहतको जाँच गर्नका लागि रातभर काम गरेका छन् ।
थाइल्यान्डको विपद् रोकथाम तथा न्यूनीकरण विभागका अनुसार बुधबार बिहान बाढीको सतह कम भएको छ ।
मलेसियाको सीमामा रहेको नाराथिवाट प्रान्तमा ट्र्याक धसेका कारण केही रेल सेवा धेरै दिनसम्म बन्द भएपछि पुनः सञ्चालनमा आएको उपगभर्नर प्रिचाले बताए ।
वर्षाको मौसममा सामान्यतया समयसमयमा बाढीको प्रकोप देखिए पनि वैज्ञानिकहरूले मानवनिर्मित जलवायु परिवर्तनले वर्षालाई अझ तीव्र बनाएको बताएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- बाजुरामा ब्रेक फेल हुँदा बस दुर्घटना, २४ जना घाइते
- रास्वपाको महाधिवेशनमा ४ हजार २११ प्रतिनिधि, बागमतीबाट सबैभन्दा बढी
- रास्वपा महाधिवेशनमा प्रधानमन्त्री बालेनको सम्बोधन रहने
- रास्वपा महाधिवेशनमा विद्युतीय मतदान, विदेशमा रहेका प्रतिनिधिले एपबाटै मत हाल्न पाउने
- इजरायल–हिजबुल्लाबीच पनि युद्धविराम, तनाव भने कायमै
- लगातार दोस्रो हारसँगै टर्की विश्वकपबाट बाहिरियो
- रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशनः शीर्ष नेताहरु पुगे चितवन
- सहकारी ठगी बाहेकका रवि लामिछानेका मुद्धा सबै अदालतबाट फिर्ता



ट्रेन्डिङ
खबरमुकाम







