काठमाडाैं । एनआइसी एसिया लघुवित्त वित्तीय संस्थाको छैटौँ वार्षिक साधारणसभा शुक्रबार धरान उपमहानगरपालिकामा सम्पन्न भएको छ।
साधारणसभाले विभिन्न एजेण्डासहित संस्थाको २०७९-८० को सञ्चालक समितिको प्रतिवेदनका साथै सेयरधनीलाई चुक्ता पुँजीको १५ प्रतिशत दरले २६ करोड नौ लाख १६ हजार नगद लाभांश वितरण गर्ने प्रस्ताव पनि पारित गरेको छ।
त्यसैगरी संस्थापक एनआइसी एसिया बैंकतर्फबाट मनोनीत भई प्रतिनिधित्व गर्ने दिपक ढकाललाई सञ्चालक पदमा निर्वाचित पनि गरेको छ। नवनिर्वाचित सञ्चालक ढकालले संस्थाका अध्यक्ष सन्तोषकुमार राठीसमक्ष शपथ ग्रहण गरी पद बहाली गरे। बैंकिङ क्षेत्रमा लामो समयदेखि कार्यानुभवी ढकाल एनआइसी एसिया बैंकमा प्रमुख जोखिम अधिकृतमा कार्यरत हुन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- एनएमबि सरल बचत फण्ड–इले इकाईधनीलाई आकर्षक प्रतिफल वितरण गर्ने
- नेपाल सरकारको ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम’ अब खल्तीमा
- स्मार्ट टेलिकम ऋण प्रकरणः इन्भेष्टमेन्ट बैंकका अध्यक्ष पाँडेसहित पदाधिकारीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश
- महानगर र उपमहानगरमा ३ करोडभन्दा बढीको घरजग्गा कारोबार गर्न इजाजतपत्र अनिवार्य
- प्रतिनिधिसभा बैठक आज, पाँच विधेयक प्रस्तुत हुने
- ‘अमेरिकासँग प्रशस्त गोला–बारुद छ, सूचना चुहाउनेलाई कडा कारबाही हुन्छ’
- आज पनि देशभर वर्षाको सम्भावना, बाढी–पहिरोको जोखिम बढ्ने
- आज कुन देशको मुद्रा कतिमा हुँदैछ कारोबार ? यस्तो छ विनिमयदर

ट्रेन्डिङ
खबरमुकाम







