बेदकोट (कञ्चनपुर) । कञ्चनपुरको भीमदत्त नगरपालिका–७ हल्दुखालमा किसानलाई हाते ट्र्याक्टर वितरण गरिएको छ । सङ्घीय सरकारको अनुदान कार्यक्रमअन्तर्गत किसानलाई हाते ट्र्याक्टर वितरण गरिएको हो ।
एक कार्यक्रमकाबीच पूर्वसांसद डा दीपकप्रकाश भट्टले हल्दुखालका ३५ कृषकलाई पावर टिलर हस्तान्तरण गरेका छन् । कृषिमा आधुनिकीकरणका साथै व्यावसायिक कृषिमा हाते ट्र्याक्टरले सहजता थप्ने उनले विश्वास व्यक्त गरेका छन् ।
भीमदत्त नगरपालिका–७ का अध्यक्ष गणेश चन्दले सरकारी अनुदानमा ५० प्रतिशत कृषकको लागतमा हाते ट्र्याक्टर वितरण गरिएको बताए । “पहिलो पटक ३५ किसानलाई हाते ट्र्याक्टर वितरण गरिएको छ । यो ट्र्याक्टर कृषकले आधा सहुलियतमा पाएका हुन्”, उनले भने, “कृषिमा यान्त्रीकरण गर्ने उद्देश्यले अनुदानमा ट्र्याक्टर वितरण गरिएको हो ।” अनुदानमा ट्र्याक्टर पाएपछि किसान खुसी भएका छन् । खेत जोत्नका लागि अनुदानमा ट्र्याक्टर पाएपछि निकै सहज हुने भीमदत्त–७ का स्थानीय खेमराज भट्टले बताए ।
“गोरु वा भाडामा ट्र्याक्टर ल्याएर खेत जोत्नुपथ्र्याे, अब त्यो बाध्यता हट्नेछ”, उनले भने, “खेत जोत्नका लागि थोरै समय लाग्नेछ, अनुदानमा ट्र्याक्टर पाउँदा निकै खुसी लागेको छ ।” किसानले अनुदानमा रु एक लाख २५ हजारको लागतमा ट्र्याक्टर पाएका हुन् ।
“बजारमा किन्दा रु साढे दुईदेखि तीन लाखसम्म पथ्र्याे, किन्न सकिने अवस्था थिएन”, उनले भने, “बजार मूल्यको आधा सहुलियमा घरमै ट्र्याक्टर पाएका छौँ, यसबाट हामीजस्ता किसानलाई सहज भएको छ, यसले उत्पादनमा पनि वृद्धि हुने अपेक्षा गरेका छौँ ।”
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- राष्ट्रिय वाणिज्य बैंकको कर्पोरेट शाखामा सन्ध्याकालीन काउण्टर सेवा
- यी कलाकारले सेप्टेम्बर २५ मा कोरिया गुञ्जाउने
- सुशासनको नारामाथि प्रश्नः अख्तियारको छानबिनमा रहेका कालाखेतीलाई नेपाल एयरलाइन्सको नेतृत्व
- विदेशमा कार्यरत नेपालीको सामूहिक बचतबाट सुरु भएको बीजी ग्रुप सेयर बजारमा आउने तयारीमा
- काठमाडौंमा हुँदैछ PMGO South Asia Finals 2026, दर्शकका लागि पनि विशेष एक्सपेरियन्स जोन
- अन्तर्राष्ट्रिय पब्जी मोबाइल प्रतियोगिताको आधिकारिक इन्टरनेट साझेदार बन्यो भायानेट
- बाढी–पहिरो प्रभावित ४०० परिवारलाई ११ लाख रुपैयाँ बराबरको राहत
- रसुवाको भोटेकोशी बाढीः ४ हजारभन्दा बढी बेपत्ता, ९ हजार २८७ जनाको उद्धार


ट्रेन्डिङ
खबरमुकाम






