काठमाडौँ । प्रतिनिधि सभा अन्तरगतको कानुन न्याय तथा मानव अधिकार समितिको बैठक स्थगित भएको छ ।
आइतबार सिंहदरबार स्थित समितिको हलमा ’केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक’ को सम्बन्धमा छलफलका लागि बोलाईएका सांसद नआएपछि आउँदो पुस १६ गतेसम्मका लागि बैठक स्थगित गरिएको हो ।
सो विधेयकमाथि संशोधनकर्ता सबै सांसदहरूलाई नबोलाई बैठक नराख्न बैठकमा उपस्थित केही सांसदहरूले माग गरेपछि बैठक स्थगित गरिएको हो ।
समिति सभापति विमला सुवेदीले ५६ जना सांसदहरूलाई फोन गर्दा १९ जनाले मात्रै बैठकमा आउने बताएको जानकारी गराइन । छलफल सहज बनाउन २०–२० जना सांसदहरूको समूहमा छलफल अघि बढाएको र यसमा सरकारको केही इन्ट्रेस्ट नभएकोले गलत रूपमा नलिन आग्रह गरिन् ।
उनले अबको अर्को बैठकमा संशोधन कर्तालाई सांसदलाई म्यासेज मार्फत पनि खबर गरेर बैठकमा बोलाउने उल्लेख गरिन् । पुस १६ गते बिहान ११ बजे विधेयक संशोधनकर्ता सांसदहरूको संयुक्त बैठक बस्ने सभापति सुवेदीले जानकारी गराइन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- राष्ट्रिय वाणिज्य बैंकको कर्पोरेट शाखामा सन्ध्याकालीन काउण्टर सेवा
- यी कलाकारले सेप्टेम्बर २५ मा कोरिया गुञ्जाउने
- सुशासनको नारामाथि प्रश्नः अख्तियारको छानबिनमा रहेका कालाखेतीलाई नेपाल एयरलाइन्सको नेतृत्व
- विदेशमा कार्यरत नेपालीको सामूहिक बचतबाट सुरु भएको बीजी ग्रुप सेयर बजारमा आउने तयारीमा
- काठमाडौंमा हुँदैछ PMGO South Asia Finals 2026, दर्शकका लागि पनि विशेष एक्सपेरियन्स जोन
- अन्तर्राष्ट्रिय पब्जी मोबाइल प्रतियोगिताको आधिकारिक इन्टरनेट साझेदार बन्यो भायानेट
- बाढी–पहिरो प्रभावित ४०० परिवारलाई ११ लाख रुपैयाँ बराबरको राहत
- रसुवाको भोटेकोशी बाढीः ४ हजारभन्दा बढी बेपत्ता, ९ हजार २८७ जनाको उद्धार


ट्रेन्डिङ
खबरमुकाम






