काठमाडौं । नेपाल अन्तर्राष्ट्रिय कृष्णभावनामृत संघ (इस्कोन) ले हरिनाम संकिर्तन कार्यक्रम सम्पन्न गरेको छ । यही मिति २०८० पौष ७ गते शनिबार मोक्षदा एकादशी रहेका र यसै एकादशी तिथि अर्थात गीता जयन्तीको दिनमा भगवान श्रीकृष्णद्घारा उनका परमभक्त अर्जुनलाई श्रीमद्भगवद्गीताको दिव्य ज्ञान प्रदान गरेका थिए ।
सोही शुभ अवसरमा इस्कोनले टुडिखेल हुँदै न्यूरोड, बसन्तपुर, इन्द्रचोक, ठमेल हुँदै लैनचौर क्षेत्रमा दिउँसो ३ देखि ६ बजे सम्म हरिनाम संकिर्तनको आयोजना गरेको हो ।
यस हरिनाम संकिर्तनमा भगवानको दिव्य नामको गायन किर्तन, नृत्य, प्रसादम वितरण, भगवद्गीता ग्रन्थ वितरण आदि कृयाकलापबाट आनन्दमय वातावरण भएको थियो, र संकिर्तनको माध्यमबाट हरेक व्यक्तिले हाम्रो वैदिक सनातन धर्म, संस्कृतिको महत्व र भगवानसँगको निकटता महसुस गरेका थिए साथै एक गाडिमा श्रीमद्भगवद्गीताको फ्लेक्स पनि प्रदर्शन गरिएको थियो ।
यस दिव्य महोत्सवमा विभिन्न संघसंस्थाका विशिष्ट व्यक्तिहरुको उल्लासमय उपस्थिति तथा उनीहरुले आफ्नो विचार तथा विमर्श व्यक्त गरेका थिए ।
.jpg)
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- बाजुरामा ब्रेक फेल हुँदा बस दुर्घटना, २४ जना घाइते
- रास्वपाको महाधिवेशनमा ४ हजार २११ प्रतिनिधि, बागमतीबाट सबैभन्दा बढी
- रास्वपा महाधिवेशनमा प्रधानमन्त्री बालेनको सम्बोधन रहने
- रास्वपा महाधिवेशनमा विद्युतीय मतदान, विदेशमा रहेका प्रतिनिधिले एपबाटै मत हाल्न पाउने
- इजरायल–हिजबुल्लाबीच पनि युद्धविराम, तनाव भने कायमै
- लगातार दोस्रो हारसँगै टर्की विश्वकपबाट बाहिरियो
- रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशनः शीर्ष नेताहरु पुगे चितवन
- सहकारी ठगी बाहेकका रवि लामिछानेका मुद्धा सबै अदालतबाट फिर्ता



ट्रेन्डिङ
खबरमुकाम







