सुर्यज्योती लाइफ इन्स्योरेन्स कम्पनीद्वारा “Actuaries for Tomorrow” कार्यक्रम सम्पन्न


काठमाडौं । सुर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीद्वारा नेपाल बीमा प्राधिकरण तथा एक्चुरियल सोसाइटी अफ नेपाल (ASN)को उपस्थितिमा हालै पुल्चोक स्थित एलिस रेस्टुरेन्टमा बीमा कम्पनीहरुको एक्चुरियल कार्य सम्बन्धी एक दिनको “Actuaries for Tomorrow” शिर्षकमा अन्तरकृया कार्यक्रम सम्पन्न भएको छ । 

सो कार्यक्रममा सुर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीका एक्चुरी हसन वोद्रिनो स्कटद्वारा एक्चुरियल सोसाइटी अफ नेपालका सदस्यहरुलाई बीमाङ्की तथा अन्य बीमा सम्बन्धी प्रावधिक कार्यहरु अन्तर्गतका प्रस्तुति तथा छलफल गरिएको थियो । नेपालको जीवन तथा निर्जीवन बीमा कम्पनीहरुको एक्चुरियल भ्यालुएसन, बीमालेख तयार गर्न जस्ता अन्य प्राविधिक कार्यहरु गर्नको लागि कम्पनी भित्रनै एक्चुरी सम्बन्धी अध्ययन गरेको कर्मचारीहरु भएमा प्रभावकारी हुने र भोलिको दिनमा Risk Based Capital, IFRS 17 जस्ता अन्य कार्यक्रमहरु कम्पनीमा संचालन गर्नको लागि एक्चुिरयल सम्बन्धी कर्मचारीहरु कम्पनी भित्रै हुनु आवश्यक रहेको कुरामा जोड दिए । 

सो कार्यक्रममा हसन वोद्रिनो स्कटले आफ्नो छोटो प्रस्तुती राखेका थिए जसमा अन्तराट्रिय बीमा कम्पनीहरुमा एक्चुरियल सम्बन्धी गरिने कार्यहरु सम्बन्धी ज्ञान दिनुको साथै अन्य मुलुकहरुमा Risk Based Capital, IFRS 17 जस्ता कार्यक्रमहरु कार्यन्वयन गर्दा देखिएको चुनौतिहरु तथा अनुभवको बारेमा जानकारी दिए । सो कार्यक्रममा विशेष अतिथिको रुपमा बीमा प्राधिकरणका निर्देशक पुजन ढुगेल, सुसिल सुवेदी र बीमा प्राधिकरणको बीमाङ्की प्रेक्षा माथेमाको उपस्थिति थियो । 

सो अवसरमा कम्पनीका कार्यकारी प्रमुखले नेपालमानै एक्चुरीहरुको विकास भएमा मात्रै बीमा क्षेत्रको विकाश हुने र सोे विकाशको लागि कम्पनीबाट सक्दो सहयोगछ गरिने भनि आफ्नो भनाई राखे । बीमा प्राधिकरणका निर्देशक सुसिल सुवेदीद्वारा नेपालमा एक्चुरीहरुको अभाव रहेको, नेपालमानै एक्चुरी सम्बन्धी पढाइ तथा अभ्यासमा अझ मिहेनत गरिएमा नेपालमानै एक्चुरीहरुको उत्पादन तथा विकाश गर्न सकिने र नेपलमानै यस पेशाको आकर्षण बढ्दै जानेमा आफु विश्वस्त रहेको भनि आफ्ने भनाई राखे । 

यसै सन्दर्भमा प्राधिकरणका निर्देशक पुजन ढुगेलद्वारा नेपाल भित्रनै एक्चुरीहरुको उत्पादा तथा करियर विकाशको लागि बीमा प्राधिकरणबाट आवश्यक सहयोगको लागि तयार रहेको भनि आफ्ने भनाई राखे । अन्तमा बीमा प्राधिकरणको बीमाङ्की प्रेक्षा माथेमाद्वारा यस कार्यक्रम अत्यन्तै प्रभावकारी रहेको कुरा व्यक्त गर्दै कार्यक्रम व्यवस्थापनको लागि सुर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी तथा कम्पनीको एक्चुरि हसन वोद्रिनो स्कटालाई धन्यवाद व्यक्त गरे ।      

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै