काठमाडौं । क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले सि.एम.एल. लघु सावधिक जीवन बीमा (रेगुलर र सिंगल) योजना ल्याएको छ । बीमित वर्गको आयश्रोत, बचत र सुरक्षालाई सर्वोपरी ध्यानमा राख्दै कम्पनीले सि.एम.एल. लघु सावधिक जीवन बीमा (रेगुलर र सिंगल) नामक नयाँ सावधिक बीमा योजना ल्याएको कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
कम्पनीका अनुसार यो योजनाले न्यून बीमाशूल्कमा बचत तथा सुरक्षा एकै साथ प्रदान गर्दछ । यो योजना अन्तर्गत जोखिम बहनको अतिरिक्त बीमितलाई बीमालेख अवधि भर बचत गर्न प्रोत्साहन समेत गर्दछ । यसको प्रमुख बिशेषता भनेको रेगुलर बीमाशूल्क भुक्तानी गर्ने बीमालेखमा रु ४५ प्रति वर्ष प्रति हजार र सिंगल बीमाशूल्क भुक्तानी गर्ने बीमालेखमा रु ५० प्रति वर्ष प्रति हजार ग्यारेन्टि रिर्टन हो ।
कम्पनीका अनुसार यो बीमालेख १८ वर्ष देखि ६० वर्ष उमेर सम्मको ग्राहकले खरिद गर्न सक्नेछन् । कम्तीमा ५ वर्ष र अधिकतम २५ वर्ष अवधि रहेको यो बीमालेखमा न्यूनतम बीमांक रकम रु दश हजार रहेको छ । बीमितले आफ्नो सुविधा अनुसार एकल, वार्षिक, अर्धवार्षिक वा त्रैमासिक रुपमा बीमाशूल्क भुक्तानीको विकल्प रोज्न सक्नेछन् ।
कम्पनीका अनुसार बीमा अवधि पुरा नहुँदै वा ७० वर्ष नपुग्दै बीमितको निधन भएमा बीमांक रकम तथा ग्यारेन्टि गरिएको रकम एकमुष्ठ भुक्तानी पाउनेछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- बागलुङमा बाढीपहिरोमा मृत्यु हुनेको सङ्ख्या १२ पुग्यो, एक बेपत्ता
- बागलुङमा पहिरोमा परी १० जनाको मृत्यु, एक बेपत्ता
- गाउँबाट धामसम्मको यात्राः जगतगुरु शिवशक्ति बाबाले बदलेको जातेको धार्मिक पहिचान
- नारायणी र रिउ खोलामा जलसतह खतराभन्दा माथि, तटीय क्षेत्रमा उच्च जोखिम
- पाल्पामा पहिरोमा परी दुई जनाको मृत्यु, तीन बेपत्ता
- आजदेखि सुरु भयो सोह्र श्राद्ध, पितृ पक्षमा गरिन्छ तर्पण र पिण्डदान
- पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पक्राउ
- हिमालयन एभरेस्ट इन्स्योरेन्स बन्यो दोस्रो नेपाल इन्स्योरेन्स फुटसल कपको च्याम्पियन



ट्रेन्डिङ
खबरमुकाम





