• वि.सं २०८२, मंसिर २७ शनिबार
  • Saturday, 13 December, 2025
  • युनिकोड
  • Live

हिमालयन रि इन्स्योरेन्सको आईपीओमा आवेदन दिने आज अन्तिम मौका

काठमाडौं ।  हिमालयन रि इन्स्योरेन्स लिमिटेडको आईपीओमा आवेदन दिने आज अन्तिम मौका रहेको छ । गत मंसिर २७ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको आईपीओमा आवेदन दिने आज (पुस २ गते) अन्तिम दिन रहेको लिमिटेडले जनाएको छ ।  कम्पनीले यो दोस्रो चरणमा सर्वसाधारणको लागि आईपीओ निष्काशन गरेको हो । 

कम्पनीले दश अर्ब रुपैयाँ जारी पूँजीको ३० प्रतिशतले हुन आउने तीन अर्ब रुपैयाँ बराबरको तीन करोड कित्ता शेयर जारी गर्ने अनुमति पाएको थियो । कम्पनीले प्रतिशेयर अंकित १०० रुपैयाँमा १०६ रुपैयाँ प्रिमियम थप गरी प्रति कित्ता २०६ रुपैयाँका दरले शेयर निष्काशनमा ल्याएको हो ।

सो मध्ये २ प्रतिशत अर्थात ६ लाख कित्ता कम्पनीमा कार्यरत कर्मचारीलाई सुरक्षित गरिएको छ भने वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि ३० लाख कित्ता शेयर निष्काशन गरि बाँडफाँट गरिसकेको छ । त्यसैगरी, कम्पनीले सामूहिक लगानी कोषका लागि १५ लाख कित्ता शेयर बाँडफाँड पनि गरिसकेको छ । कम्पनीले अब भने सर्वसाधारणका लागि दुई करोड ४९ लाख कित्ता शेयर सर्वसाधारणका लागि निष्काशनमा ल्याएको हो । 

कम्पनीको आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा ३ लाख कित्तासम्मका लागि आवेदन दिन सकिनेछ । 

कम्पनीको आईपीओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरु तथा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट निर्माण गरिएको सफ्टवेयर ‘मेरो शेयर’ अनलाइन प्रयोग गरी सि–आस्बा प्राणालीमार्फत आवेदन दिन सक्नेछन् । 

आईपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा इक्रा नेपालले कम्पनीलाई इक्राएनपी इस्यूअर रेटिङ्ग ए प्रदान गरेको छ । यसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमता पर्याप्त रुपमा सुरक्षित रहेको संकेत गर्दछ ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको छ ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै