काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाणसँग सम्पत्ति शुद्धीकरण विभागले धरौटी माग गरेको छ ।
नक्कली भुटानी शरणार्थी प्रकरणको अभियोग लागेका उनलाई विभागले १५ लाख रुपैयाँ धरौटी माग गरेको हो । बिहीबार उच्च अदालत पाटनले ३० लाख धरौटीमा छोड्न आदेश दिएका खाणसँग विभागले पनि १५ लाख रुपैयाँ धरौटी माग गरेको हो ।
विभागले मागेको धरौटी खाणले बुझाएका छन् । विभागमा खाणले धरौटी बुझाएलगत्तै उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग लगिएको छ । नक्कली भुटानी शरणार्थी प्रकरणका आरोपी खाणलाई बिहीबार उच्च अदालत पाटनले ३० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो ।
खाणमाथि सम्पत्ति शुद्धीकरण विभाग र अख्तियारले पनि अनुसन्धान गरिरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- राष्ट्रिय वाणिज्य बैंकको कर्पोरेट शाखामा सन्ध्याकालीन काउण्टर सेवा
- यी कलाकारले सेप्टेम्बर २५ मा कोरिया गुञ्जाउने
- सुशासनको नारामाथि प्रश्नः अख्तियारको छानबिनमा रहेका कालाखेतीलाई नेपाल एयरलाइन्सको नेतृत्व
- विदेशमा कार्यरत नेपालीको सामूहिक बचतबाट सुरु भएको बीजी ग्रुप सेयर बजारमा आउने तयारीमा
- काठमाडौंमा हुँदैछ PMGO South Asia Finals 2026, दर्शकका लागि पनि विशेष एक्सपेरियन्स जोन
- अन्तर्राष्ट्रिय पब्जी मोबाइल प्रतियोगिताको आधिकारिक इन्टरनेट साझेदार बन्यो भायानेट
- बाढी–पहिरो प्रभावित ४०० परिवारलाई ११ लाख रुपैयाँ बराबरको राहत
- रसुवाको भोटेकोशी बाढीः ४ हजारभन्दा बढी बेपत्ता, ९ हजार २८७ जनाको उद्धार


ट्रेन्डिङ
खबरमुकाम






