काठमाडौं । डाक्टर गोविन्द केसीले चिकित्सा क्षेत्र सुधारका लागि आफूहरूले गरेको मागको सुनुवाइ नभएको भन्दै आजदेखि सत्याग्रह सुरू गर्न लागेका छन् ।
उनले काठमाडौंमा पत्रकार सम्मेलन गरेर आज साँझ ५ बजेदेखि तीन दिने सत्याग्रह गर्ने जानकारी दिएका हुन् । केसीले सशस्त्र द्वन्द्वकालमा भएका जघन्य तथा मानवता विरोधी अपराधका दोषीहरूलाई दण्डित गर्दै मृतक, घाइते र बेपत्ताका परिवारलाई न्याय हुने गरी संक्रमणकालीन न्यायप्रक्रिया शीघ्र टुंगोमा पु¥याइनुपर्ने र यसअघि सरकारले आफूहरूसँग गरेका सबै सम्झौता कार्यान्वयन हुनुपर्ने जनाएका छन् ।
‘सरकारी अस्पतालहरूमा मागअनुसार दरबन्दी थप गर्दै क्षमता बढाउने र सबै निःशुल्क औषधिहरू पाइने सुनिश्चित गर्ने, सय शैया भन्दा बढी क्षमता भएका सरकारी अस्पतालहरूमा नर्सिङ लगायत अन्य स्वास्थ्य सम्बन्धी विषयका कार्यक्रम सुरू गर्ने लगायतका सम्झौता भएका थिए,’ केसीले भनेका छन्, ‘ती कार्यान्वयन नभएकाले फेरि सत्याग्रह सुरू गर्न परेको हो ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- रास्वपा महाधिवेशनमा विद्युतीय मतदान, विदेशमा रहेका प्रतिनिधिले एपबाटै मत हाल्न पाउने
- इजरायल–हिजबुल्लाबीच पनि युद्धविराम, तनाव भने कायमै
- लगातार दोस्रो हारसँगै टर्की विश्वकपबाट बाहिरियो
- रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशनः शीर्ष नेताहरु पुगे चितवन
- सहकारी ठगी बाहेकका रवि लामिछानेका मुद्धा सबै अदालतबाट फिर्ता
- रास्वपा महाधिवेशनको असर प्रतिनिधिसभामा, बैठक ११ गतेसम्म स्थगित
- चिडियाखाना अनिश्चितकालका लागि बन्द, यस्तो छ कारण
- राप्रपामा दुर्गा प्रसाईंको तरंग, काठमाडौं जिल्ला समितिमा पहिरो



ट्रेन्डिङ
खबरमुकाम







