कास्की । पोखरा महानगरपालिका–८ सृजनाचोकस्थित नैना दोहोरी साँझमा आगलागी करिब ६० लाख रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ । बिष्णु आचार्यको उक्त दोहोरी साँझमा विद्युत सर्ट भई बुधबार बिहान आगलागी भएको हो ।
आगलागीबाट एसी ५ थान, मोबाईल १० थान, फ्रिज १ थान, सिसिटिभी क्यामेरा ५ थान, कम्प्युटर १ थान, साउण्ड सिस्टम १ सेट, टिभी १ थान, सोफा १५ सेट, विभिन्न ब्राण्डको मदिरा, ग्याँस गिजर १ थान, पंखा ४ थान लगायतका बिभिन्न सरसामानहरू, नगद ५० हजार रूपैयाँ र बैंक चेक लगायत कागजात जलेर क्षति भएको हो ।
प्रहरीले स्थानीय वासिन्दा र दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- रास्वपा महाधिवेशनमा विद्युतीय मतदान, विदेशमा रहेका प्रतिनिधिले एपबाटै मत हाल्न पाउने
- इजरायल–हिजबुल्लाबीच पनि युद्धविराम, तनाव भने कायमै
- लगातार दोस्रो हारसँगै टर्की विश्वकपबाट बाहिरियो
- रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशनः शीर्ष नेताहरु पुगे चितवन
- सहकारी ठगी बाहेकका रवि लामिछानेका मुद्धा सबै अदालतबाट फिर्ता
- रास्वपा महाधिवेशनको असर प्रतिनिधिसभामा, बैठक ११ गतेसम्म स्थगित
- चिडियाखाना अनिश्चितकालका लागि बन्द, यस्तो छ कारण
- राप्रपामा दुर्गा प्रसाईंको तरंग, काठमाडौं जिल्ला समितिमा पहिरो



ट्रेन्डिङ
खबरमुकाम







