काठमाडौं । नागरिक उड्यन प्राधिकरणद्वारा नेपाल वायुसेवा निगमको ग्राउण्ड ह्याडलिङ खोस्ने निर्णयको बिरुद्धको धर्ना ८ औँ दिनपनि जारी छ । नागरिक उड्यन प्राधिकरणद्वारा नेपाल वायुसेवा निगमको ग्राउण्ड ह्याडलिङ खोस्ने निर्णयको विरुद्ध संयुक्त ट्रेड युनियन संघर्ष समितिले धर्ना तथा विरोधको कार्यक्रम जारी राखेको हो ।
आज बुधवार पनि समितिले धर्नालाई यथावत राखेको हो । नागरिक उड्ययन प्राधिकरणको सो निर्णय फिर्ता नहुञ्जेलसम्म विरोधका कार्यक्रम जारी रहने संघर्ष समितिले जनाएको छ । धर्ना कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल वायुसेवा निगम कर्मचारी युनियनका पूर्ववरिष्ठ उपाध्यक्ष डा. ऋषिकेश पन्थीले निजी हवाईजहाजसँग कमिसन खाएर राष्ट्रिय ध्वजावाहक जहाजलाई कमजोर बनाउन नहुने बताए ।
उनले नेपाल वायुसेवा निगमले कमाएको पैसा मुलुकभित्रै परिचालन हुने र पूँजि पलायन नहुने भन्दै यसले अर्थतन्त्रको विकासमा सघाउ पुर्याउने बताए । उनले आफूहरुले पूँजि पलायन रोक्नका लागि आन्दोलन गर्नुपरेको बताए । उनले आफूहरुको आन्दोलन राष्ट्रियताको आन्दोलन भएको पनि उल्लेख गरे ।
उनले आफूहरु विगत ८ दिनदेखि आन्दोलित हुँदापनि विभागिय मन्त्रीले कुनै चासो नदेखाएको बताए । उनले आफूहरुको माग सम्बोधनका लागि सरकार र विभागिय मन्त्री जिम्मेवार नबनेको भन्दै निरन्तर आन्दोलनमा जाने बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- देवानगञ्ज घटनापछि रास्वपा सांसदको टोलीद्वारा गृहमन्त्रीसँग भेट, विशेष निर्णय लिन आग्रह
- कर्फ्यूबीच कप्तानगञ्जमा आगजनी र तोडफोड, नेपाली सेना परिचालन
- देवानगञ्जको कप्तानगञ्जमा हिन्दु–मुस्लिम झडप छानबिन गर्न गृह मन्त्रालयद्वारा समिति गठन
- बर पिपल रोप्दै नेत्रज्योति कृषि सहकारी संस्थाको १४औँ स्थापना दिवस सम्पन्न
- बराह एग्रो फुड्सद्वारा शतप्रतिशत प्राकृतिक ‘बराह मोरिङ्गा’ सार्वजनिक
- आज बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?
- मिस नेपाल २०२६: मौलिक ज्ञान र आधुनिक शिक्षाको फ्युजनसहित प्रतियोगी नम्बर १४ प्रतिमा खड्का मैदानमा
- शिक्षामन्त्रीको राजीनामापछि ‘कक्रोच जनता पार्टी’को आन्दोलन स्थगित

ट्रेन्डिङ
खबरमुकाम






