दोधारा चाँदनी । कञ्चनपुर भीमदत्त नगरपालिका–३ तिलकपुरका प्रेमराज खत्रीले घरको छतभरि कौसीखेती गरी विभिन्न प्रकारका तरकारी फलाएको छन् । उनको कौसीमा बाँसले बनाएका ¥याकमा गोलभँेडा, काउली, हरियो खुर्सानी, रायो र चाइनिज सागलगायत हिउँदे तरकारीले हराभरा छ ।
उनको बारीमा विभिन्न प्रजातिका फलफूलका बिरुवा र जडीबुटीले हराभरा देख्निछ । गाउँका धेरैले उनको बारीलाई अशोक बाटीका भन्ने गर्दछन् । उक्त बारीमा नभएको कुनै बिरुवा छैन । “२०६६ सालमा प्रहरीबाट सेवानिवृत्त भएपछि मैले खेती सुरु गरेको हुँ ।” उनले भने “सुरुवातमा घरमा खानलाई उत्पादन गर्न खोजेको हँु अहिले बिक्री गर्न थालेको छु मासिक चार÷पाँच हजार आम्दानी हुन्छ ।” उनले आफुसँग जग्गा नभएका कारण घरको छतमा खेती गर्नुपरेको बताए । “यहाँ मेरो दुई कठ्ठा एक धुर जग्गा छ त्यसमा घर बनेको छ तरकारी खेती गर्न ठाउँ छैन ।” खत्रीले भने “जग्गा नभएपछि छतमा खेती सुरु गरे यहाँ सबै प्रकारका तरकारी छन् राम्रो फल्छ ।” तरकारी बिक्रीबाट मासिक चार÷पाँच हजार र दूध बिक्रीबाट मासिक १६ हजार आम्दानी हुने गरेको उनले बताए ।
“केही गरौँ भन्ने भावना भएको मानिस कहिले बेरोजगार हुँदैन ।” उनले भने “यहाँ धेरै मानिस आफ्नै मनिस्थितिले बेरोजगार भएका छन् ।” उनले आफ्नो सीप प्रयोग गरे स्वदेशमै रोजगार रहेको बताए । “मेरो परिवारले अहिलेसम्म बजारको औषधि खानुपरेको छैन ।” उनले भने “घरको उत्पादनले आफू पनि स्वस्थ्य भइन्छ आम्दानी पनि हुन्छ ।” अहिले खेतीबाटै आएको आम्दानीले छोराछोरीको पठनपाठन खर्च चलेको उनले बताए । “छोरो विएससी सिएसआई र छोरी विएससी अध्ययन गर्दै छन् ।” उनले भने “तरकारी बिक्रीबाट आएको रकमले घरखर्च सबै चलेको छ ।”
उनि कृषि सँगसँगै भाषा संस्कृति संरक्षणमासमेत सक्रिय छन् । २०३९ सालमा रेडियो नेपालबाट स्वर परीक्षण उत्तीर्ण गरेको उनि ‘हो... जिल्ला बैतडी’ बोलको देउडा गीतका रचनाकारसमेत हुन् । बैतडीको प्रसिद्ध धार्मिक जगन्नाथ र त्रिपुरासुन्दरी मन्दिर बैतडी जिल्लाको परिचय र धार्मिक देवालयको इतिहास समेटेर बजारमा ल्याएको उनको उक्त गीत अहिले पनि उत्तिकै चर्चामा छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- राष्ट्रिय वाणिज्य बैंकको कर्पोरेट शाखामा सन्ध्याकालीन काउण्टर सेवा
- यी कलाकारले सेप्टेम्बर २५ मा कोरिया गुञ्जाउने
- सुशासनको नारामाथि प्रश्नः अख्तियारको छानबिनमा रहेका कालाखेतीलाई नेपाल एयरलाइन्सको नेतृत्व
- विदेशमा कार्यरत नेपालीको सामूहिक बचतबाट सुरु भएको बीजी ग्रुप सेयर बजारमा आउने तयारीमा
- काठमाडौंमा हुँदैछ PMGO South Asia Finals 2026, दर्शकका लागि पनि विशेष एक्सपेरियन्स जोन
- अन्तर्राष्ट्रिय पब्जी मोबाइल प्रतियोगिताको आधिकारिक इन्टरनेट साझेदार बन्यो भायानेट
- बाढी–पहिरो प्रभावित ४०० परिवारलाई ११ लाख रुपैयाँ बराबरको राहत
- रसुवाको भोटेकोशी बाढीः ४ हजारभन्दा बढी बेपत्ता, ९ हजार २८७ जनाको उद्धार


ट्रेन्डिङ
खबरमुकाम






