काठमाडौं । नवीकरण गरेका क्यासिनोले पनि लाइसेन्सका लागि पैसा बुझाउनु पर्ने भएको छ । राष्ट्र बैंकले सोमबार विदेशी विनिमय कारोबार इजाजतपत्र तथा निरीक्षण विनियमावली–२०७७ को दोस्रो संशोधन गर्दै नयाँ व्यवस्था थप गरेको स्रोतले जनाएको छ ।
क्यासिनोले विदेशी मुद्राको कारोबार गर्ने लाइसेन्स लिन प्रति कारोबार स्थानको लागि २५ लाख रुपैयाँ बराबरको २ बर्षको बैंक जमान र लाइसेन्स शुल्क बापत एक लाख रुपैयाँ राष्ट्र बैंकमा बुझाउनु पर्नेमा अबदेखि नवीकरणका हकमा पनि २५ लाख रुपैयाँ लाग्ने भएको छ ।
क्षेत्रीय स्तरका वित्तीय संस्थाले आफ्नो केन्द्रीय कार्यालय रहेको स्थानको नजिकको राष्ट्र बैंकको प्रदेशस्थित कार्यालय वा विभागमा लाइसेन्सका लागि आवेदन दिन सक्ने भएको छ । राष्ट्र बैंकले विनियमावली संशोधन गरी प्रादेशिक कार्यालयलाई अधिकार प्रत्यायोजन गरेको हो ।
बैंक तथा वित्तीय संस्थाले एकमुष्ट रुपमा प्राप्त गरेको लाइसेन्सका आधारमा शाखाबाट मात्र विदेशी विनिमयको कारोबार गर्न पाउनेमा अबदेखि एक्सटेन्सन काउन्टरलाई पनि यो सुविधा दिइएको छ ।
समयभित्र लाइसेन्स नवीकरण नगराएमा बैंक जमानत जफत भइ लाइसेन्स रद्द हुने ब्यवस्थामा राष्ट्र बैंक लचक बनेको छ । अब जरिवाना काटेर बैंक जमानत र धरौटी फिर्ता हुने छ । लाइसेन्स भने रद्द हुने छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- बालेन र रवि लामिछानेबीच बालुवाटारमा ४५ मिनेट भेटवार्ता
- प्रतिनिधिसभाको बैठक आज, चार विधेयक प्रस्तुत हुँदै
- साउनको अन्तिम सोमबार बोलबम यात्राका लागि सुन्दरीजलमा भक्तजनको भीड
- आजको मौसमः देशभर बदली, केही स्थानमा भारी वर्षाको सम्भावना
- कपिलवस्तुका पूर्वमेयर किरण सिंह मृत फेला
- प्रधानमन्त्री शाहले भारतीय र चिनियाँ राजदूतसँग छुट्टाछुट्टै भेटवार्ता गर्ने
- ग्यासको अभाव कायमै, उपभोक्ता घण्टौँ लाइनमा
- बाढीपहिरोले देशभरका विभिन्न सडक अवरुद्ध, यात्रामा सतर्कता अपनाउन आग्रह

ट्रेन्डिङ
खबरमुकाम







