काठमाडौं । नवीकरण गरेका क्यासिनोले पनि लाइसेन्सका लागि पैसा बुझाउनु पर्ने भएको छ । राष्ट्र बैंकले सोमबार विदेशी विनिमय कारोबार इजाजतपत्र तथा निरीक्षण विनियमावली–२०७७ को दोस्रो संशोधन गर्दै नयाँ व्यवस्था थप गरेको स्रोतले जनाएको छ ।
क्यासिनोले विदेशी मुद्राको कारोबार गर्ने लाइसेन्स लिन प्रति कारोबार स्थानको लागि २५ लाख रुपैयाँ बराबरको २ बर्षको बैंक जमान र लाइसेन्स शुल्क बापत एक लाख रुपैयाँ राष्ट्र बैंकमा बुझाउनु पर्नेमा अबदेखि नवीकरणका हकमा पनि २५ लाख रुपैयाँ लाग्ने भएको छ ।
क्षेत्रीय स्तरका वित्तीय संस्थाले आफ्नो केन्द्रीय कार्यालय रहेको स्थानको नजिकको राष्ट्र बैंकको प्रदेशस्थित कार्यालय वा विभागमा लाइसेन्सका लागि आवेदन दिन सक्ने भएको छ । राष्ट्र बैंकले विनियमावली संशोधन गरी प्रादेशिक कार्यालयलाई अधिकार प्रत्यायोजन गरेको हो ।
बैंक तथा वित्तीय संस्थाले एकमुष्ट रुपमा प्राप्त गरेको लाइसेन्सका आधारमा शाखाबाट मात्र विदेशी विनिमयको कारोबार गर्न पाउनेमा अबदेखि एक्सटेन्सन काउन्टरलाई पनि यो सुविधा दिइएको छ ।
समयभित्र लाइसेन्स नवीकरण नगराएमा बैंक जमानत जफत भइ लाइसेन्स रद्द हुने ब्यवस्थामा राष्ट्र बैंक लचक बनेको छ । अब जरिवाना काटेर बैंक जमानत र धरौटी फिर्ता हुने छ । लाइसेन्स भने रद्द हुने छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- बागलुङमा बाढीपहिरोमा मृत्यु हुनेको सङ्ख्या १२ पुग्यो, एक बेपत्ता
- बागलुङमा पहिरोमा परी १० जनाको मृत्यु, एक बेपत्ता
- गाउँबाट धामसम्मको यात्राः जगतगुरु शिवशक्ति बाबाले बदलेको जातेको धार्मिक पहिचान
- नारायणी र रिउ खोलामा जलसतह खतराभन्दा माथि, तटीय क्षेत्रमा उच्च जोखिम
- पाल्पामा पहिरोमा परी दुई जनाको मृत्यु, तीन बेपत्ता
- आजदेखि सुरु भयो सोह्र श्राद्ध, पितृ पक्षमा गरिन्छ तर्पण र पिण्डदान
- पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पक्राउ
- हिमालयन एभरेस्ट इन्स्योरेन्स बन्यो दोस्रो नेपाल इन्स्योरेन्स फुटसल कपको च्याम्पियन



ट्रेन्डिङ
खबरमुकाम





