काठमाडौँ । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ आज अस्पतालबाट ‘डिस्चार्ज’ भएका छन् । बाँसबारीस्थित सहिद गङ्गालाल हृदय केन्द्रमा उपचार गराइरहेका मन्त्री श्रेष्ठ स्वास्थ्यलाभपछि डिस्चार्ज भएको गृहमन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी गराए ।
उपप्रधानमन्त्री उपचारमा संलग्न भएका डा मास्केसहितको चिकित्सक टोली, नर्स र सहिद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रका निर्देशकलगायत अस्पताल परिवारप्रति मन्त्रालयले आभार प्रकट गरेको छ ।
यही मङ्सिर १९ गते केन्द्रमा भर्ना उहाँको मुटुको एन्जियोप्लास्ट गरिएको थियो । मन्त्री श्रेष्ठको उपचारमा केन्द्रका चिकित्सक डा अरुण मास्केसहितको चिकित्सकको टोलीले उपचार गरेको थियो । मन्त्री श्रेष्ठलाई स्वास्थ्यलाभको कामना गर्न अस्पतालमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलगायत पुगेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- रास्वपा महाधिवेशनमा विद्युतीय मतदान, विदेशमा रहेका प्रतिनिधिले एपबाटै मत हाल्न पाउने
- इजरायल–हिजबुल्लाबीच पनि युद्धविराम, तनाव भने कायमै
- लगातार दोस्रो हारसँगै टर्की विश्वकपबाट बाहिरियो
- रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशनः शीर्ष नेताहरु पुगे चितवन
- सहकारी ठगी बाहेकका रवि लामिछानेका मुद्धा सबै अदालतबाट फिर्ता
- रास्वपा महाधिवेशनको असर प्रतिनिधिसभामा, बैठक ११ गतेसम्म स्थगित
- चिडियाखाना अनिश्चितकालका लागि बन्द, यस्तो छ कारण
- राप्रपामा दुर्गा प्रसाईंको तरंग, काठमाडौं जिल्ला समितिमा पहिरो



ट्रेन्डिङ
खबरमुकाम







