रासस । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सङ्घीयता कार्यान्वयनका लागि आवश्यक सङ्घीय कानुन निर्माणमा सरकार गम्भीरतापूर्वक लागिरहेको बताएका छन् । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादव नेतृत्वको टोलीसँग आज प्रधानमन्त्री निवास बालुवाटारमा छलफल गर्दै उनले सङ्घीयतासम्बन्धी विधेयक सरकारले अगाडि बढाइसकेको बताएका हुन् ।
“सरकारले विधेयक अगाडि बढाएको छ, तर त्यसको अन्तिम फैसला संसद्ले गर्नुपर्छ । यसका लागि समेत तपाईं–हाम्रो संयुक्त पहल जरूरी छ”, प्रधानमन्त्री दाहालले भने । उनले सङ्घर्षको कार्यक्रम थाँती राखेर अधिकार प्राप्तिका लागि थप पहलमा केन्द्रित हुन आग्रहसमेत गरे ।
उनले भने, ‘‘सङ्घीयताका निम्ति सबैभन्दा बढी लडेको माओवादी पार्टी नै हो । सङ्घीयताका पक्षमा लगातार सङ्घर्ष गर्ने नेता म नै हुँ । सङ्घीय कानुन समयमै निर्माण गर्न निरन्तर पहल गरिरहेको छु ।” प्रधानमन्त्री दाहालले आ–आफ्नो पार्टीमा पनि सङ्घीयता कार्यान्वयनका लागि पहल बढाउन आग्रह गरे ।
छलफलमा मधेस सरकारका प्रतिनिधिले संविधानमा व्यवस्थाबमोजिमका सङ्घीय कानुन निर्माणका विषयमा सरकारको ध्यानाकर्षण गराएका थिए । छलफलमा उनीहरूले एक महिनाभित्र निजामती सेवा ऐन र प्रदेश प्रहरी समायोजन गरिसक्न सङ्घीय सरकारलाई आग्रह गरिएकामा सो अवधि पूरा भएकाले सङ्घर्षमा जानुपर्ने बाध्यात्मक परिस्थिति निर्माण भएको बताएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- रास्वपा महाधिवेशनमा विद्युतीय मतदान, विदेशमा रहेका प्रतिनिधिले एपबाटै मत हाल्न पाउने
- इजरायल–हिजबुल्लाबीच पनि युद्धविराम, तनाव भने कायमै
- लगातार दोस्रो हारसँगै टर्की विश्वकपबाट बाहिरियो
- रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशनः शीर्ष नेताहरु पुगे चितवन
- सहकारी ठगी बाहेकका रवि लामिछानेका मुद्धा सबै अदालतबाट फिर्ता
- रास्वपा महाधिवेशनको असर प्रतिनिधिसभामा, बैठक ११ गतेसम्म स्थगित
- चिडियाखाना अनिश्चितकालका लागि बन्द, यस्तो छ कारण
- राप्रपामा दुर्गा प्रसाईंको तरंग, काठमाडौं जिल्ला समितिमा पहिरो



ट्रेन्डिङ
खबरमुकाम







