रौतहट । रौतहटको गुजरा नगरपालिका– ३ जंगलसहिया स्थित पशुपति मन्दिरमा बाला चतुर्दशीको अवसरमा मेलाको उद्घाटन गरिएको छ ।
पशुपति मन्दिर अगाडि आयोजित विशेष समारोहका प्रमुख अतिथि गुजराकी उपमेयर रतना लामाले गए राति विधिवत् रूपमा मेलाको उद्घाटन गरेकी हुन् । मेला समितिको पहलमा बाला चतुर्दशीको अवसर पारेर पशुपति मन्दिरमा शुक्रबारदेखि चार दिने मेला सुरु भएको हो ।
लामो समयदेखि हरेक वर्ष लाग्दै आइरहेको मेला यस वर्ष पनि भव्य बनाउन मन्दिरमा लाख बत्ती बाल्न आउन भक्तजनहरुलाई आयोजकले आग्रह गरेको छ ।
भक्तजन तथा मेला भर्न आउनेहरूको मनोरञ्जनको लागि पशुपति मन्दिर परिसरमा सरसफाइ पश्चात् स्टेज निर्माण गरी शुक्रवार बेलुकी देखि सांस्कृतिक कार्यक्रम सुरु भएको आयोजक समितिका अध्यक्ष उमेश कुमार शाहीले जानकारी दिए ।
मेलामा आउनेहरूको लागि खानेपानी, शौचालय, विद्युत् तथा सुरक्षाको समेत व्यवस्थापन गरिएको मेला आयोजकले जनाएको छ ।
यसै वर्ष दिवङ्गत अथवा निधन भएका पितृ तथा आफन्तको परिवारका मानिसहरू रौतहट, बारा, सर्लाही, पर्सा, सिन्धुली लगायत टाढा टाढाबाट जंगलसहिया पशुपति मन्दिरमा आएर लाख बत्ती बालेर शतबिज छर्ने गर्दछन् ।
जंगलसहिया स्थित उक्त पशुपति मन्दिरमा लाख बत्ती बालेर शतबिज छर्नाले दिवङ्गत आत्माले शान्ति पाउने जनविश्वास रहिआएको छ ।
कोरोना कालमा असुरक्षाको कारण लगातार दुईबर्ष पशुपति स्थानमा मेला लाग्न सकेको थिएन। अवस्था सहज भएसँगै गतवर्ष देखि बाला चतुर्दशीको अवसरमा भव्यरुपमा मेलाको आयोजना हुँदै आएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- राष्ट्रिय वाणिज्य बैंकको कर्पोरेट शाखामा सन्ध्याकालीन काउण्टर सेवा
- यी कलाकारले सेप्टेम्बर २५ मा कोरिया गुञ्जाउने
- सुशासनको नारामाथि प्रश्नः अख्तियारको छानबिनमा रहेका कालाखेतीलाई नेपाल एयरलाइन्सको नेतृत्व
- विदेशमा कार्यरत नेपालीको सामूहिक बचतबाट सुरु भएको बीजी ग्रुप सेयर बजारमा आउने तयारीमा
- काठमाडौंमा हुँदैछ PMGO South Asia Finals 2026, दर्शकका लागि पनि विशेष एक्सपेरियन्स जोन
- अन्तर्राष्ट्रिय पब्जी मोबाइल प्रतियोगिताको आधिकारिक इन्टरनेट साझेदार बन्यो भायानेट
- बाढी–पहिरो प्रभावित ४०० परिवारलाई ११ लाख रुपैयाँ बराबरको राहत
- रसुवाको भोटेकोशी बाढीः ४ हजारभन्दा बढी बेपत्ता, ९ हजार २८७ जनाको उद्धार


ट्रेन्डिङ
खबरमुकाम






