नेपालको पर्यटन गतिविधिलाई गतिशील बनाउने प्रयासस्वरूप राकुटेन भाइबर, आफ्नो यात्रा अभियानको दोस्रो सिजन सुरु गर्न र यसपाली झन् भव्य र उत्कृष्ट पुरस्कारहरू ल्याउन पाउँदा गौरवान्दित छ ।
स्थानीय पर्यटनलाई बढावा दिने प्लेटफर्मको निरन्तर समर्पणको एक भागको रूपमा यो अभियान रहनेछ । समाजका विभिन्न पक्ष र पाटाहरूलाई मूलप्रवाहमा ल्याई आफ्ना प्रयोगकर्ताका लागि नयाँ नयाँ अनुभवहरु प्रदान गर्ने भाइबरको उद्देश्य अनुरुपकै कार्यक्रम हो यस पटकको अभियान जुन चर्चित ट्राभल इन्फ्लुएन्सर घुमन्तेको सहयोगमा सम्पन्न हुनेछ ।
घुमन्तेले च्यानललाई विभिन्न गन्तव्यहरू प्रस्तुत गर्ने क्विज पोस्ट गर्दै रमाइलो तरिकाले ६ हप्तासम्म चलाउनेछन्, जहाँ प्रयोगकर्ताहरूले रु. १५,००० नगद पुरस्कार जित्न सक्नेछन् । यसका साथै एक भाग्यशाली विजेताले धर्तीकै स्वर्गसमान मनमोहक गोक्यो लेकमा अल एक्सपेंसेस पेड ट्रीप गर्ने अवसर प्राप्त गर्नेछन् ।
यस अभियान पश्चात्, छानिएका फ्यानहरूले आफ्नो मनपर्ने ट्राभल भ्लगर घुमन्तेसँग जोडिन, वहाँसँग अनुभवहरू आदान प्रदान गर्न र यात्रासम्बन्धि विशेषज्ञ सुझावहरू सङ्कलन गर्नका लागि पनि मिट(एण्ड(ग्रीट गर्न सक्नेछन् ।
अभियान अवधिभर घुमन्तेले गाइडको भूमिका बहन गर्दै हरेक हप्ता एक नयाँ नेपाली गन्तव्यको बारेमा बताउने छन्। यसका साथै विशेष सामग्रीहरु, व्यक्तिगत कथाहरू र मनमोहक दृश्यहरूसहित प्रयोगकर्ताहरूलाई एक्सप्लोर नेपाल च्यानल मार्फत देशका चर्चा पाउन बाँकी तर सुन्दर अनि आकर्षक स्थानहरुका बारेमा सूचनामुलक जानकारीहरु प्रदान गरिनेछ।
यस सहकार्यप्रति आफ्नो उत्साह प्रकट गर्दै घुमन्तेले भने, “भाइबरको यस अभियानसँग जोडिन पाउँदा मैले सम्मानित महशुस गरेको छु। हामीसँग दर्शकहरुका लागि आश्चर्यचकित पार्ने कुराहरु धेरै छन्, त्यसैले वहाँहरुलाई हाम्रो देशका सुन्दर ठाउँहरु आफ्नै आँखाले देखाउन र महशुस गराउन एकदम लालायित छु।”
‘भाइबरका तर्फबाट हामी पनि यस अभियानमा उत्साहित छौं। यो भनेको हाम्रा प्रयोगकर्ताको मनमा रहेको यात्राको किरोलाई शान्त पार्ने र एडभेन्चर्सलाई सहज गरिदिने अभियान हो। यसको अग्रसरताका लागि घुमन्तेभन्दा उत्कृष्ट विकल्प को नै हुन सक्छ र। म ढुक्क छु वहाँले यात्राका उत्कृष्ट पलहरुलाई हाम्रा सब्सक्राइबर्स का अघिल्तिर ल्याउन विशेष भूमिका खेल्नु हुनेछ,” राकुटेन भाइबरमा एपाका डाइरेकटर डेविड चेले भने ।
अब प्रयोगकर्ताहरुले यात्रा अभियानका बारेमा पछिल्ला अपडेट र सूचनाहरु प्राप्त गर्नका लागि एक्सप्लोर नेपाल च्यानललाई सब्सक्राइब गर्न सक्नु हुनेछ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- स्मार्ट टेलिकम ऋण प्रकरणः इन्भेष्टमेन्ट बैंकका अध्यक्ष पाँडेसहित पदाधिकारीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश
- महानगर र उपमहानगरमा ३ करोडभन्दा बढीको घरजग्गा कारोबार गर्न इजाजतपत्र अनिवार्य
- प्रतिनिधिसभा बैठक आज, पाँच विधेयक प्रस्तुत हुने
- ‘अमेरिकासँग प्रशस्त गोला–बारुद छ, सूचना चुहाउनेलाई कडा कारबाही हुन्छ’
- आज पनि देशभर वर्षाको सम्भावना, बाढी–पहिरोको जोखिम बढ्ने
- आज कुन देशको मुद्रा कतिमा हुँदैछ कारोबार ? यस्तो छ विनिमयदर
- गुमुखोला भ्याकुरे हाइड्रोपावरद्वारा ५ लाख कित्ता निष्काशनका बिक्री प्रबन्धक नियुक्त
- ग्लोबल आइएमई बैंकमा नागरिक एपबाटै बैंक खाता खोल्ने व्यवस्था

ट्रेन्डिङ
खबरमुकाम







