काठमाडौं । सर्वाेच्च अदालतका प्रस्तावित न्यायाधीशसहितविरुद्ध परेका उजुरी अध्ययनका लागि संसदीय समिति सदस्यलाई वितरण गरिएको छ ।
बिहीबार बसेको संसदीय सुनुवाइ समितिको बैठकमा समितिका ज्येष्ठ सदस्य पशुपतिशमशेर राणाले सर्वाेच्च अदालतका प्रस्तावित न्यायाधीश र पोर्चुगलका लागि प्रस्तावित आवासीय राजदूतविरुद्ध ११ वटा उजुरी परेको जानकारी दिए ।
सर्वाेच्च अदालतका प्रस्तावित न्यायाधीशहरू महेश शर्मा पौडेल, सारंगा सुवेदी, सुनिलकुमार पोखरेल, अब्दुल अजीज मुसलमान, टेकप्रसाद ढुंगाना र बालकृष्ण ढकाल तथा पोर्चुगलका पोर्चुगलका लागि प्रस्तावित आवासीय राजदूत सनिल नेपालको संसदीय सुनुवाइका क्रममा उजुरी आह्वान गरिएको थियो ।
सो आह्वानअनुसार उनीहरुविरुद्ध परेका ११वटा उजुरी अध्ययनका लागि बिहीबार समिति सदस्यहरुलाई वितरण गरिएको हो । साथै सदस्यहरुलाई प्रस्तावित न्यायाधीश र राजदूतको कार्ययोजना पनि अध्ययनका निम्ति वितरण गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- रास्वपा महाधिवेशनमा विद्युतीय मतदान, विदेशमा रहेका प्रतिनिधिले एपबाटै मत हाल्न पाउने
- इजरायल–हिजबुल्लाबीच पनि युद्धविराम, तनाव भने कायमै
- लगातार दोस्रो हारसँगै टर्की विश्वकपबाट बाहिरियो
- रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशनः शीर्ष नेताहरु पुगे चितवन
- सहकारी ठगी बाहेकका रवि लामिछानेका मुद्धा सबै अदालतबाट फिर्ता
- रास्वपा महाधिवेशनको असर प्रतिनिधिसभामा, बैठक ११ गतेसम्म स्थगित
- चिडियाखाना अनिश्चितकालका लागि बन्द, यस्तो छ कारण
- राप्रपामा दुर्गा प्रसाईंको तरंग, काठमाडौं जिल्ला समितिमा पहिरो



ट्रेन्डिङ
खबरमुकाम







