काठमाडौं । गभर्नर महाप्रसाद अधिकारीले राष्ट्र बैंकको स्वीकृतिपछि मात्र हबिब बैंक र हिमालयन रिइन्स्योरेन्स बीचको सेयर खरिद बिक्री अगाडि बढ्ने बताएका छन् ।
बुधबार संसदको अर्थ समितिमा हिमालयन बैंकमा रहेको पाकिस्तानको हबिब बैंकको सेयर हिमालयन रिइन्स्योरेन्सले किन्न खोजेको विषयमा सांसद् डा. स्वर्णिम वाग्लेले राखेको प्रश्नमा उनले यस्तो बताएका हुन् ।
हिमालयन रिइन्स्योरेन्सले बैंकको सेयर किन्ने सम्झौता भएर पूर्वस्वीकृतिका लागि नेपाल राष्ट्र बैंकमा पठाइएको बैंकले जनाएको छ ।
यस विषयमा आधिकारिक जानकारी नआएको गभर्नर अधिकारीले बताए । ‘तर हामीले बैंकर र व्यवसायी छुट्याउने दिशामा नै जानुपर्ने हुनाले स्वार्थ बाझिने देखियो भने किन्न दिइने छैन,’ उनले भने ।
यसअघि बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन संशोधनका क्रममा नै बैंकर र व्यवसायी छुट्याउने प्रयास भएको तर नसकिएको उनले बताए ।
पाकिस्तानको हबिब बैंकले हिमालयन बैंकमा रहेको २ करोड ८० लाख १२ हजार ४४७ कित्ता सेयर हिमालयन रि(इन्स्योरेन्सलाई बिक्री गर्ने सम्झौता भएको छ ।
हिमालयन रिइन्स्योरेन्सले बैंकको संस्थापक सेयर प्रतिकित्ता १३० रुपैयाँमा खरिद गर्न लागेको हो । राष्ट्र बैंकले स्वीकृति दिएमा हिमालयन रिइन्स्योरेन्स कम्पनीले बैंकमा रहेको हबिब बैंकको सेयर खरिद गर्ने प्रक्रिया अगाडि बढ्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- बागलुङमा बाढीपहिरोमा मृत्यु हुनेको सङ्ख्या १२ पुग्यो, एक बेपत्ता
- बागलुङमा पहिरोमा परी १० जनाको मृत्यु, एक बेपत्ता
- गाउँबाट धामसम्मको यात्राः जगतगुरु शिवशक्ति बाबाले बदलेको जातेको धार्मिक पहिचान
- नारायणी र रिउ खोलामा जलसतह खतराभन्दा माथि, तटीय क्षेत्रमा उच्च जोखिम
- पाल्पामा पहिरोमा परी दुई जनाको मृत्यु, तीन बेपत्ता
- आजदेखि सुरु भयो सोह्र श्राद्ध, पितृ पक्षमा गरिन्छ तर्पण र पिण्डदान
- पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पक्राउ
- हिमालयन एभरेस्ट इन्स्योरेन्स बन्यो दोस्रो नेपाल इन्स्योरेन्स फुटसल कपको च्याम्पियन



ट्रेन्डिङ
खबरमुकाम





