रासस । सयौँ प्रजातिका सुनाखरी पाइने प्रसिद्ध पञ्चासे संरक्षित वनको ठूलो क्षेत्र कास्कीको अन्नपूर्ण गाउँपालिका–४ स्थित भदौरे गाउँले ओगटेको छ । पञ्चासे पुग्ने प्रवेशद्वारको रुपमा रहेको यहाँबाट निलगिरि, धौलागिरि, माछापुच्छ्रेलगायत हिमाली दृश्य देख्न सकिन्छ । पोखराबाट ३० किलोमिटरको दुरीमा यहाँ पुग्न सकिन्छ ।
गाउँसहित समग्र पञ्चासे क्षेत्रको आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धनको उद्देश्यका साथ भदौरेमा यही पुस पाँच गतेदेखि ९ गतेसम्म ‘२५औँ भदौरे पञ्चासे महोत्सव’ गर्न लागिएको महोत्सव संयोजक विश्वदल गुरुङले जानकारी दिए । उनका अनुसार भदौरे क्लब र भदौरे आमा समूहको आयोजना एवम् अन्नपूर्ण गाउँपालिकाको सहयोगमा महोत्सव हुन लागेको हो ।महोत्सवमा रजतजयन्ती विशेष कार्यक्रम, तमु ल्होसार, कोदोको परिकारको प्रवर्धन तथा फुटबल र नृत्य प्रतियोगिताका साथै विविध मनोरञ्जनात्मक कार्यक्रम गरिने गुरुङले बताए । यस क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षण गर्न महोत्सवको ठूलो भूमिका हुने भएकाले यसलाई निरन्तरता दिइएको क्लबका सल्लाहकार तथा अन्नपूर्ण–४ का वडाध्यक्ष आइन्दल गुरुङले बताए ।
महोत्सवमा स्थानीयस्तरमा उत्पादित कोदोबाट बनाइएका विभिन्न खानाका परिकारको स्वाद लिन पाउनुका साथै विविध खेलकुद तथा सांस्कृतिक कार्यक्रम अवलोकन गर्न पाइने क्लबका अध्यक्ष अनिल गुरुङले जानकारी दिए । सुन्दर गाउँ अवलोकनसँगै बस्न चाहनेका लागि घरवास (होमस्टे) को समेत व्यवस्था रहेको उनले बताए । पर्यटक आवासको लागि भदौरे गाउँमा होटेल तथा होमस्टे सञ्चालित छन् ।
महोत्सवको साथमा भदौरेबाट पञ्चासे पर्यावरणीय पदयात्रा, होमस्टे, पञ्चासे योगा तथा मेडिटेसन, पञ्चासे ईको क्याम्प (सानो घर) आवास, पञ्चासे जङ्गल सफारी, फरेस्ट थेरापी तथा जङ्गल भ्रमणको अनुभव लिन सकिने पञ्चासे क्षेत्र विकास समितिका प्रवक्ता नवराज पौडेलले जानकारी दिए ।
उनका अनुसार महोत्सवमा हुने ७ ‘ए’ साइड फुटबल प्रतियोगितामा प्रथम हुने टिमलाई नगद रू एक लाखका साथमा सिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ । दोस्रो हुने टिमले नगद रू ६० हजारका साथमा सिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । सेमिफाइनलसम्म पुग्ने टिमलाई रू २०र२० हजारका दरले सम्मान गरिने आयोजकले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- राष्ट्रिय वाणिज्य बैंकको कर्पोरेट शाखामा सन्ध्याकालीन काउण्टर सेवा
- यी कलाकारले सेप्टेम्बर २५ मा कोरिया गुञ्जाउने
- सुशासनको नारामाथि प्रश्नः अख्तियारको छानबिनमा रहेका कालाखेतीलाई नेपाल एयरलाइन्सको नेतृत्व
- विदेशमा कार्यरत नेपालीको सामूहिक बचतबाट सुरु भएको बीजी ग्रुप सेयर बजारमा आउने तयारीमा
- काठमाडौंमा हुँदैछ PMGO South Asia Finals 2026, दर्शकका लागि पनि विशेष एक्सपेरियन्स जोन
- अन्तर्राष्ट्रिय पब्जी मोबाइल प्रतियोगिताको आधिकारिक इन्टरनेट साझेदार बन्यो भायानेट
- बाढी–पहिरो प्रभावित ४०० परिवारलाई ११ लाख रुपैयाँ बराबरको राहत
- रसुवाको भोटेकोशी बाढीः ४ हजारभन्दा बढी बेपत्ता, ९ हजार २८७ जनाको उद्धार


ट्रेन्डिङ
खबरमुकाम






